☰ open Loading... 3 March 2024|  

जहाँ हुन्छ केटी–केटीबीच विहे
  | ३ माघ २०७३, सोमबार ०९:३३

सुर्खेत । तपाईलाई पत्यार नलाग्न सक्छ । केटी–केटीबीच पनि बिहे हुन्छ र ? पश्चिम सुर्खेतको गुटु गाविसमा पुर्खौंदेखि यस्तै परम्परा चलिआएको छ । जहा“ माघीको दिनमा केटी केटीको धुमधाम विवाह हुने गर्दछ । जसलाई स्थानीयले पुतली विवाह भन्ने गर्दछन् ।

girla-marrage
गुटु–४ भाप्रका रामलाल बयक छोरी दीक्षालाई दुलाहा बनाएर पञ्चेबाजाका साथ दुलही लिन नजिकको गाउ“ जा“दै थिए । डाबकी १३ वर्षीया किरण देवकोटा दुलाही थिइन् । गाउ“ भरिका मान्छे दुलाहा–दुलही हेर्न भेला भएका थिए । दुलही लिएर गएपछि रामलालको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो ।

कोशेलीका रुपमा माल्टाटा लिने गरिन्छ । ‘विहेपछि राती नै दुलहीलाई स–सम्मान फर्काउछौं’ रामलालले भने, ‘अन्य विहेजस्तो यसमा पनि सबै विधि पुरा गर्छौं ।’ उनले प्रत्येक वर्ष माघीकै दिन यस्तो बिहे हुने गरेको बतँए ।

प्रत्येक साल दुलाहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलाहा हुने गाउ“मा अर्को साल दुलही बनाउ“छौं । दुई गाउ“बीच यस्तो क्रम चलिरहन्छ’ स्थानीय विष्णुप्रसाद उपाध्यायले भने ।

मिलनचौककी १० वर्षीय पार्वती वीसी दुलाहा थिइन् । उनका घरपरिवार सहित छरछिमेकीहरु दुलही लिन सोही ठाउ“कै मोतिसेरा टोल पुगेका थिए । मोतिसेराकी सम्झना बयकलाई दुलहीका रुपमा पार्वतीको घरमा अन्माइयो ।

बिहान तीन बजे उठ्ने, नुवाइ–धुवाई गर्ने र, टोल भरिका मानिस भेला भएर मुढा ताप्ने गर्दछन् । मुढा ताप्न मानिसहरुको उज्यालो नहु“दै चहलपहल बढिरहेको हुन्छ ।