☰ open Loading... 3 May 2024|  

बजेट सक्न दलीय भागवण्डामा सडक निर्माण
  | ३ माघ २०७३, सोमबार १३:५०

जाजरकोट । किलोमिटर सडक निर्माण गर्न गर्खाकोटका तीन दलले आफ्नो भागबण्डा गरेका छन् । जिल्ला विकास समिति, गाविस र सांसद विकासको रकमलाई भागबण्डा गरी उपभोक्ता समिति निर्माण गरी सडक निर्माणमा तीन दल जुटेका हुन् । गर्खाकोट गाविस–१ बाट २ सम्म गर्खाकोट गाविसको रु २० लाख २२ हजारमा सडक निर्माणको जिम्मा नेकपा (एमाले)ले जिम्मा लिएको छ ।

एमालेले प्रमेश्वर शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको छ । ३ र ४ वडासम्म संयुक्तरुपमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले सचिव भएर काम सुरु गर्न थालेका छन् । यो सडक निर्माणका लागि सांसद विकासको रु १७ लाख र जिविसको रु १८ लाखको भाग काँग्रेस र माओवादी केन्द्रको भागबण्डामा परेको छ ।

दलीय भागबण्डा गरेर सडक निर्माणमा जुटेको देख्दा स्थानीयवासीले बाटो निर्माणभन्दा पनि रकम बाँडेर खाने दाउमा दल लागेको गुनासो गरेका छन् ।

दलहरु मिलेर बजेट सक्न आ–आफ्नै समिति गठन गरी तैचुप, मैचुप गरेर अगाडि बढेपछि बजेटअनुसारको सडक निर्माण कार्य पूरा नहुने हो कि भनेर स्थानीयवासी चिन्तामा परेका छन् ।

ratopati : rss