☰ open Loading... 15 June 2024|  

अभिनेता सलमान खानलाई उन्मुक्ति
  | ५ माघ २०७३, बुधबार १७:०५

भारतको जोधपुरको एउटा अदालतले बलिउड अभिनेता सलमान खानलाई १८ वर्ष पुरानो हतियार मामिलामा उन्मुक्ति दिएको छ । मुख्य न्यायिक मजिस्टे«ट दलपत सिंह राजपुरोहितले आज हतियार मामिलामा शंकाको सुविधा दिदै उन्मुक्तिको फैशला सुनाएका हुन् । उनले यो फैशला सुनाउँदा अभिनेता खान, उनको बहिनी अलविरा र वकिल अदालतमै थिए ।

सलमानका वकिलले बिपक्षीले आरोप प्रमाणित गर्न नसकेको बताए । अदालतको फैशलापछि सलमानका पिता सलिमले आजको दिन आफ्नो परिवारका लागि ठूलो दिन भएको बताए । सलमानले पनि सामाजिक संजाल ट्वीटरमा लेख्दै समर्थक र शुभचिन्तकलाई धन्यवाद दिए ।

सलमान अदालतमा आज ११.४० बजे पुगेका थिए । सलमानलाई सन् १९९८ मा ‘हम आपका है कौन’ फिल्मको सुटिङको बेला हरिणको शिकार गरेको र उनले प्रयोग गरेको हतियारको लाइसेन्सको म्याद समाप्त भएको आरोप लागेको थियो । यो मुद्दा उनीबिरुद्ध फैशला भएको भए ३ देखि ७ वर्षसम्म कैद हुने थियो ।