☰ open Loading... 2 May 2024|  

द्धारीखोला जलविद्युत : सवस्टेशन निर्माण नहुँदा विद्युत उत्पादनमा ढिलाई
  | ६ माघ २०७३, बिहीबार १२:२६

दैलेख । स्वदेशी लगानीको ३.७५ मेगावाटको द्वारीखोला जलविद्युत आयोजनाबाट विधुत् उत्पादनमा ढिलाइ हुने भएको छ । निर्माणको सवै काम पुरा भएपनि उत्पादित विजुलि राष्ट्रिय प्रसारणा लाईनमा जोड्न सवस्टेसन अझै नवनेकाले ढिलाइ हुने भएको छ ।

०७३ साउनमा दैलेखमा विधुत्तिकरण गर्ने गरी सुरु भएको हाइड्रोपावर माघ अन्तिमसम्म पनि सकिने छाँटकाट देखिदैन । आयोजनामा लगानि गरेको प्रर्वद्धक भूगोल इनर्जीका सच्चालक पुष्प ढुंगेलले निर्माण सुरु भएको भन्दै सुर्खेतमा पत्रकार सम्मेलन गरी पुसमा अयोजनाकाे उद्घाटन गरीने बताएका थिए । तर माघ सुरु हुँदा समेत बत्ति बल्ने छाँटकाट छैन । माघको अन्तिसम्म काम सम्पन्न गर्ने योजना रहेको सच्चालक समितिका अध्यक्ष सौरभ अर्यालले बताए ।

Duwarika 1
हाल पाइपलाइल, पोल विस्तार, विद्युतगृह, ड्याम, टर्वाइन, जडानलगायतका सवै काम पूरा भइसकेको इनर्जीले जनाएको छ । ‘निर्माणको सवै काम पूरा भएको छ’ अर्यालले भने, ‘राष्ट्रिय प्रश्सारण लाइनमा जोड्न सवस्टेसन बन्दै छ । प्रसारण लाइनमा जोड्ने काम भइरहेकाले विजुली उत्पादनमा ढिलाइ भएको हाे ।’

अयोजनामा सिटिजन बैंक इन्टरनेसनल र इनर्जी प्रालिको संयूक्त लगानि छ । ६५ करोड लागतमा रहेको आयोजना सच्चालनमा आएपछि दैलेख लोडसेडिङमुक्त हुने इनर्जिको दाबी छ । दैलेखमा हाल पिक आवरमा दुई मेगावाट विद्युत माग छ । द्वारीखोलाबाट २६ सय मिटर लामो नहर खनेर हाल पाइपलाइनमार्फत एक किमी तल पानी खसालेर विद्युत निकाल्न लागिएको हो । त्यहाँबाट सदरमुकामसम्म ३२ किमी दुरीमा पोलहरु गाडिएको छ ।

कम्पनीले प्रभावित क्षेत्रमा एक करोड बराबर रकम सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । ४० रोपनी जग्गाको मुआब्जाबापत एक करोड वितरण गरेको छ । ६ जुलाई २०१५ मा भूगोल इनर्जी प्रालिले स्विकृति लिएको हो । कम्पनीले ४.५ मेगावाटको पाद्मखोला आयोजना निर्माणको पनि तयारी थाल्ने जनायो । यो आयोजनामा पनि सिटिजन्स बैंकले ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

आयोजना निर्माणमा विभिन्न कारण देखाएर निर्माण कम्पनीले ढिलाई गरेको द्धारीका स्थानीय शशी विकले बताए । कुनै विवाद नह“दा समेत आयोजनाको काम ढिलाई भएको भन्दै स्थानीय विकले असुन्तुष्टी पोखे । ‘समयमा सम्पन्न भयो । पद्मखोलामा पनि लगानी गर्दैछौं’ आयोजनाको निरीक्षण गरी फर्किएका उनले भने, ‘उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने काममा विद्युत प्राधिकरणले ढिलाई गरिरहेको छ ।’

यसका लागि दैलेखमा ११ केभी प्रशारण लाइन निर्माण भैरहेको छ । दैलेखमा ४.२ मेगावाटको लोहोरेखोला र ४ मेगावाटको पराजुल खोला आयोजना निर्माणाधिन छन् ।