☰ open Loading... 17 May 2024|  

धनगढीमा भारतीय राजदुतलाइ विपक्षी दलका कार्यकर्ताले देखाए कालाे झण्डा
  | ६ माघ २०७३, बिहीबार १२:३१

निर्माण सम्पन्न नभएकाे राजमार्ग उद्घाट

विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरेका छन् ।

adhuro

अधुरो राजमार्गको उद्‍घाटनको विरोध गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जना पक्राउ परेको वडा प्रहरी कार्यालयका प्रमुख बजिरसिंह धामीले जानकारी दिए ।

कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन बाँकी छ भने राजमार्गअन्तर्गतका ६ वटा पुल समेत निर्माण नहुँदै हतारमा हुलाकी राजमार्गको उद्‍घाटन गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेको वसन्ता जैविक मार्गमा सडक नबनाउ अधिकारर्मी र संरक्षण क्षेत्रवाट व्यापक विरोध भइरहँदा हतारमा गरिएको उद्‍घाटनले हुलाकी राजमार्गको भविष्य अन्योलमा परेको देखिएको छ ।

हुलाकी राजमार्गको रतनपुरदेखि लालबोझीसम्मको १८ किलोमिटर सडक अहिलेसम्म निर्माण हुन सकेको छैन्। ०६८मा सुरु भएको हुलाकी राजमार्ग ३ वर्षमा निर्माण सम्पन्न हुने बताइए पनि अहिलेसम्म राजमार्गको अधिकांश खण्ड निर्माण अधुरो रहेको छ ।

राजमार्ग उद्‍घाटन गर्दै मन्त्री लेखकले उक्त राजमार्गले सुदूरपश्चिमका तराई जिल्लाको आमूल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राजदूत रायले पनि दुई देशको सम्बन्धसँगै विकास साझेदारीमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस विषयमा मन्त्री रमेश लेखकले बाँकी १८ किलोमिटरको टेण्डर भइसकेको र वसन्ता जैविक मार्गका विषयमा पनि मिलाउने कुरा भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए ।

स्राेत र्इकान्तिपुर