सुर्खेत । हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि . वीरेन्द्रनगर १८ सुर्खेतले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरी सम्पन्न गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहनका लागि वीरेन्द्रनगर–१८, तातापानीका टोल विकास संस्थाहरु सँग समन्वय गरी सरसर्फाइ कार्यक्रम संचालन गरेको थियाे ।
संस्थाका पधाधिकारी, शेयर सदस्य र टोल विकास संस्थाका सदस्यहरुको सहभागितामा सरसर्फाइ कार्यक्रम संचालन गरिएको थियो । संस्थाका सचिव जीवन शाहीले ग्लोव्स वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सरसफाई कार्यक्रमको क्रममा घर आँगन टोल छरछिमेक सफा राखी स्वस्थ र सभ्य बन्न आव्ह्वान गर्ने अभियान सञ्चालन गरेकाे थियाे । स्थापना दिवसमा अायाेजित कार्यक्रममा बाेल्दै संस्थाका सचिव जीवन शाहीले आगामाी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम आयोजना भएमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्भता जनाए ।
पशुपतिनगर टोलविकास संस्थाका अध्यष मीरा कार्की थापाले आफुहरुर्लाइ सहभागिता गराएर आफ्नै टोल सरसफाइ गरेकोमा हिमाल बहुउद्देश्यीय सहकारी संंस्था प्रति धन्यवाद दिएकी थिइन ।