☰ open Loading... 3 May 2024|  

दलिय हिसाबले विद्यालयको चुनाव
  | ९ माघ २०७३, आईतवार ११:३६

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पदमा निर्वाचित हुनका लागि मत खरिद गरेको खुलासा भएको छ । भानु माध्यमिक विद्यालय बजेडीचौर सिम्ताको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेपाली कांगे्रसका नेता विरेन्द्र रावत, र बजेडिचौरका सभापति अशोक केसी मत खरिद गर्दै गर्दै हिडँको खुलासा भएको हो ।

उनीहरुले जीत आफ्नो पोल्टामा पार्नेका लागि शुक्रबार मध्य राती गाउँमा आफ्नो पार्टी निकट प्यानललाई मत दिन भन्दै पैसा वितरण गर्दै हिड्दै गरेको क्रममा युवा संघले कांग्रसका नेता र सभापति सहित १० जनाको टोलीलाई नियन्त्रण लिएको थियो । कांग्रेस र माओवादी संयुक्त गठबन्धन विरुद्ध एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । शनिबार भएको निर्वाचनमा संयुक्त बठबन्धनलाई पराजित गर्दै नेकपा एमाले प्यानल निर्वाचन भएको छ ।

भानु माध्यमिकमा एमाले समर्थित
भानु माध्यमिक विद्यालय वजेडीचौर सिम्ताको विद्यालय व्यवस्थापन समितिमा नेकपा एमाले निर्वाचित भएको छ । संयुक्त प्यालनलाई ९४ मतका विरुद्ध १५७ मतको अन्तरालमा एमाले निर्वाचित हुन सफल भएको हो ।

चुनावी मैदानमा एमाले एक्लै उत्रिएको थियो भने, कांग्रेस, माओवादी र अन्य साना दलहरु संयुक्त रुपमा मैदानमा उत्रिएका थिए । दिर्घबहादुर मल्ल, भुपेन्द्र रावत, कौसिला रावत, रिता रावतलाई निर्वाचित गरिएको हो । अव तीन सदस्यहरुमध्येबाटै अध्यक्ष चयन गरिनेछ । दिर्घ बहादुर मल्लले १ सय ५३, भुपेन्द्र रावतले १ सय ५०, कौसिला रावतले १ सय ५२ र रिता चन्दले १ सय ५७ मत प्राप्त गरेको छन् ।

यसैबीच शिखर मावि रामघाटमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कर्णबहादुर चन्दको अध्यक्षतामा र्निविरोधमा रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा टिकाराम सुवेदी, ममितादेवी कसेरा, धर्मशिला शाही, विर्खबहादुर कठायत र सुनिता शाहिलाई चयन गरिएको विद्यालयका प्रधानाध्यापक धनसिं खड्काले जानकारी दिए ।

उनका अनुसार शिक्षक अभिभावक संघ भने अहिले गठन नभएको बताए । यही माघ २८ गते हाल चयन भएका पदाधिकारी र अभिभावक संघलाई एकसाथै सपथ ग्रहण गराईने प्रधानाध्यापक खड्काको भनाई छ ।

उता लेखपर्शामा पनि विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनबाट मोहन थापा अध्यक्षमा निर्वाचित भएका छन् । जसको सदस्यहरुमा धनसरा सुनार, हरिकला तारम, धर्मराज सापकोटा, भिमराज खरेल (शर्मा), विमला थापा आचार्य, र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतम रहेका छन् ।