☰ open Loading... 21 May 2024|  

प्रचण्डले अछुतको व्यवहार कायमै राखे सरकारबाट बाहिरिन्छौं ः राप्रपा
  | ९ माघ २०७३, आईतवार १२:०२

काठमाडौं । सत्तारुढ दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सत्तारुढ दलमा भएपनि संविधान संशोधन विधेयकमा कुनै परामर्श नगरेको र संसदमा पेश गर्नु अघि पनि कुनै छलफल नगरेको भन्दै राप्रपा रुष्ट बनेको छ ।

raprpa to mmm

प्रधानमन्त्री प्रचण्डले एक सिटे दुई जना सांसदलाई मन्त्री बनाएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा झन आक्रोशित भएका छन् ।

राप्रपा एकीकरण हुनुपूर्व पशुपति शम्शेरले राणाले नेतृत्व गरेको पार्टीबाट दुई जना मन्त्री सहभागी भएको थिए । प्रचण्डले कमल थापालाई उपप्रधान सहित परराष्ट्रमन्त्री बनाउने तयारी गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गर्दा राप्रपालाई सहभागी गराउन सकेनन् ।

राप्रपाका प्रमुख सचेतक दिलानाथ गिरीले सरकारले आफ्नो पार्टीलाई अछुतको व्यवहार गरेको बताए । उनले नेपाली  भने,‘प्रधानमन्त्री जे जे गर्नुहुन्छ हामी अन्धभक्त भएर सही छाप गर्न सक्दैनौ ।’

सत्तारुढ दलको हैसियतमा प्रधानमन्त्रीले संविधान संशोधन विधेयक पेश गर्नु अघि कुनै पनि छलफल नभएको उनले बताए । गिरीले थपे,‘सत्तामा भएर पनि अछुतको व्यहार भइरहे हामीले पनि उचित निर्णय लिन बाँध्य हुन्छौ ।’