☰ open Loading... 23 February 2024|  

बंगलादेश लैजान लागिएका ४० वटा गोरु नियन्त्रणमा
  | ९ माघ २०७३, आईतवार १४:४३

बाँके । भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आइतबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० वटा गोरुलाई राझाचोकबाट बरामद गरिएको हो ।

IMG_9495

अनुसन्धानका क्रममा ती गोरु हेटौँडा—८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बंगलादेश पठाउन अहिले संगठित गिरोह नै तयार भएको छ । – रासस