☰ open Loading... 3 May 2024|  

प्रहरी र यातायात ब्यवसायी विच तनाव
  | ९ माघ २०७३, आईतवार १९:१८

दैलेखमा नयाँ यातायात समितिका गाडीहरु संञ्चालनमा आएसंगै प्रहरी र यातायात ब्यवसायीविच भएको असमझदारीले तिनदिनदेखी तनाव बनेको छ । नयाँ समिति दैलेख ज्वाला यातायात प्रालीले लिजमा आफनै गाडी पाकिङ्ग र टिकट काउन्टर बनाएपछि विवाद भएको हो ।

विवाद बढेसंगै जिल्ला प्रहरी कार्यालयमा सभाषद्देखी जिल्लाका नेता÷ब्यवसायीहरुले प्रहरीसंग चर्काचर्की नै गरे । तिनदिनदेखी प्रहरीले नयाँ समितिले बनाएको पाकिङ्ग र टिकट काउन्टर हटाउन खोजेपनि असफल भएको ब्यवसायीहरुले जानकारी दिएका छन् ।

प्रहरीले समितिले आफुले लिजमा लिएर बनाएको काउन्टर र पाकिङ्गमा प्रहरीले हस्तक्षेप गरे, प्रतिकार गर्ने उद्घोषका साथ तयारी अवस्थामा बसेको प्रालीका अध्यक्ष राजु खड्काले बताए । तर, प्रहरीले नगरपालिकाबाट सर्वदलिय निर्णयलाई आफुले कार्यान्वयन गर्नका लागि हटाउन खोजेको जनाएका छन् ।

jip
सर्वदलिय निर्णयमा एक तर्फी यातायात चलाउने, बसपार्कमा मात्र काउन्टर राख्ने निर्णय भएको भन्दै प्रहरीले कडाई गरेपछि विवाद भएको हो । शनिवार विहान प्रहरीले तिन पटक काउन्टर सार्नका लागि आएपनि सार्न नसकेको प्रालीका अध्यक्ष राजु खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) केदार रजौरेले प्रशासन र नगरपालिकाले निर्णयको पत्रअनुसार आफुहरुले काम गरेको प्रतिक्रिया दिए ।

‘आफुहरुले निर्णयलाई कार्यान्वयन गरेका हौं ।’ प्रहरी प्रमुख रजौरेले भने, बाटोको समस्या र बजारको अवस्थालाई हेरेर सर्वदलिय बैठकले टिक काट्न काँडाचौर र पुरानो बजारस्थिट पुरानो बसपार्कमा मात्र अनुमती दिएको र जहाँतही रोक्न र टिकट काट्न नपाउने प्रावधान अनुसारै रोकेका हौं ।’

उनका अनुसार पुरानो निर्णयलाई उल्टाएमा मात्र उक्त स्थानमा गाडी पाकिङ्ग र टिकट काट्न पाईनेछ । दैलेख ज्वाला यातायात प्रालीले त्रिभुवन उमावीको जग्गा लिजमा लिएर काउन्टर र पार्किङ्ग स्थाल बनाएका छन् । आफुले सर्वदलिय निर्णयलाई कुनै असर नपार्ने गरी गाडी पार्किङ्ग र टिकट काउन्टर बनाएको यातायात प्रालीको भनाई छ ।

प्रालीका अध्यक्ष खड्काले कम्पनीको ऐन नियम अनुसार जग्गा लिजमा लिएरको भएपनि प्रहरीले अवरोध गरेको गुनासो गरे । नयाँ समितिले जिल्लामा रहेका दुवै बस पार्कबाट आफ्ना गाडीहरु नछुटाएपछि विवाद भएको हो । प्रधान कार्यालय भएको यो नै पहिलो यातायात प्राली हो । जिल्लामा टिकट काउन्टर रहेका जिल्ला बाहिरका अन्य ४ यातायात समिति छन् ।