☰ open Loading... 17 May 2024|  

झुप्रा बृहत् खानेपानी : फाल्गुनमा आउने खरि-बोरी खोलाको पानी
  | १० माघ २०७३, सोमबार १८:४७

सुर्खेत । सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी संकट टार्न निर्माणाधिन खरी–बोरी खोला आयोजनाको पानी आगामी फाल्गनु अन्तिम साता उपभोक्ताको धारामा आउने भएको छ । ३५ लिटर प्रतिसकेण्ड पानी रहेको यो आयोजनाको हाल ६५ प्रतिशत काम सम्पन्न भएकाले फाल्गुन अन्तिमसम्म करेखोला पानी प्रशोधन केन्द्रमा झारेर उपभोक्ताको धारामा वितरण गरिने लक्ष्य झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको रहेको छ ।

khari-bori-khola
२०५७ सालमा स्थापना भएको संस्थाले सुर्खेत उपत्यकाका नागरिहरुलाई सहज रुपमा खानेपानी आपूर्ति गर्न हाल विभिन्न तीन मुहानबाट पानी वितरण गर्दै आएको छ । झुप्रा खोलाबाट ७६, ईत्राम खोलाबाट १५ र खोर्के खोलाबाट ५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति गर्दै आएको छ । बढ्दो जनघनत्वले खानेपानी धाराको माग बढेपछि संस्थाले ०७२ असार २२ गते नयाँ आयोजनाको रुपमा त्रिपक्षीय सम्झौता गरेको थियो ।

गत असोजमै उपत्यकामा खरीबोरी खोलाको पानी उपभोक्ताको धारामा पुर्याउने रणनीतिक योजनामा रहेको संस्थाले अघिल्लो वर्षको नाकाबन्दीले निर्माण कार्यमा ढिलाई भएको हो ।

सोमबार आयोजित संस्थाको १६ औं साधारण सभामा संस्थाका अध्यक्ष कुलमणि देवकोटाले झण्डै अवको दुई महिना भित्रै खरी–बोरी खोला आयोजना सम्पन्न हुने जानकारी दिए । आयोजना निर्माण कार्य रफ्तारमा भइरहेको बताएका अध्यक्ष देवकोटाले सुर्खेत उपत्यकाको खानेपानी समस्या आपतकालिन र दिर्घकालिन रुपमै समाधान गर्न आफूहरु लागेको बताए ।

‘कर्णालीको पानी ल्याउने योजना बनाऔं’

यसैविच, सांसद सीता नेपालीले वीरेन्द्रनगर प्रदेश नम्बर ६ को राजधानीमा भएकाले कर्णाली नदीको पानी पम्पिङ्ग गरेर ल्याउने योजना बनाउनु पर्ने बताएकी छन् । झुप्रा बृहत् खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं साधारण सभामा बोल्दै सांसद् नेपालीले कर्णालीको पानी पिउने उद्देश्यले नभई यहाँको बाँझो जमिनमा सिँचाई पुर्याउने उदेश्यले बहुउदेश्यीय आयोजनाको रुपमा विकास गर्नु पर्ने धारणा राखिन् ।

jupra
दीगो रुपमा हुने आयोजन संचालन गर्दा सुख्खा जमिनमा सिँचाई, वन जंगलको संरक्षण गर्नु पर्ने आवश्यकता कालान्तरमा हुने भएको भन्दै उनले पानीलाई दिगो रुपमा बचाउन ताल तलया र पोखरीहरुको पनि संरक्षण गर्नु पर्ने उनको तर्क थियो ।

‘विगतमा पोखरी रहेको स्थानमा हाल घडेरी छन्’ उनले भनिन् ‘त्यो समयमा त्यस्ता खालका पोखरीहरुको संरक्षण गर्न नसक्दा वर्तमान समय पानीको अभाव बढ्दैछ, त्यसैले यसतर्फ ध्यान जान जरुरी छ ।’

झुप्रा वृहत खानेपानी आयोजना निर्माणका क्रममा नगर विकासबाट लिएको ऋणको ब्याज मिनाह गराउन संसद्मा प्रस्ताव राख्ने प्रतिवद्धता उनले जनाईन् ।

कार्यक्रममा झुप्रा वृहत खानेपानी संस्थाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका अनुसान आयोगका सदस्य बालाराम शर्मा, नेपाली काँग्रेसका नगर सभापति देवकुमार सुवेदी, एमाले सुर्खेतका सचिव मोहनसिंह बडुवाल लगायतले सुर्खेत उपत्यकाको खानेपानी संकट टार्नमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

१७ करोड १८ लाख ९७ हजार ५५० रुपैयाँमा निर्माणाधिन यो आयोजना सञ्चालन आएमा वीरेन्द्रनगरका ३४ हजार ९४३ घरधुरीका १ लाख ९६ हजार ३५२ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । संस्थाले हाल वीरेन्द्रनगरमा १४ हजार १५ वटा धरा जडान गरेको छ । खानेपानीको नयाँ धारा जडानको माग राख्दै ३ हजार ६०७ घरधुरीले अग्रिम अनुदान रकम तिरेको अध्यक्ष देवकोटाले उल्लेख गरे ।

साधारण सभामा अध्यक्ष देवकोटाले सञ्चालनमा रहेका खानेपानी आयोजनाका पुराना संरचाना पुनर्निमाण, नयाँ स्रोतको पहिचान र सरसफाई जस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जानकारी दिए ।

चुहावटमा कमि
उपत्यकामा वितरण भइरहेको खानेपानीमा संस्थाको आर्थिक वर्ष २०६७।०६८ को प्रतिवेदनमा ४१ प्रतिशत खानेपानी चुहावट भएको थियो । हाल खानेपानी चुहावट २८ प्रतिशतमा झरेको अध्यक्ष देवकोटाले बताए ।

खानेपानी चुहावटका मुख्य समस्या वितरण पाइपलाइन तथा पानी पोखरी पुरानो र जिर्ण हुनु, व्यक्तिगत धाराको लाइनबाट अनियमित पानी प्रयोग हुनु, नियमित पाइपलाइनहरु टुटफुट हुनु र वर्षातमा धमिलो पानी बाहिर फाल्नु पर्ने समस्या रहेको संस्थाले प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

चुहावट नियन्त्रण गर्न संस्थाले प्रभावकारी अनुगनमा तिव्रता दिएकाले कमि आएको र अझै यसलाई नियन्त्रण गर्न टुफुट पाइको मर्मत, सार्वजनिक तथा नीजि धारालाई व्यक्तिगत बनाउने जस्ता योजनाहरु सञ्चालन गरेको अध्यक्ष देवकोटाले बताए ।

नयाँ आयोजनाको सम्भाव्यता
सुर्खेत उपत्यकाको दीर्घकालिन खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी उपत्यका ल्याउने कार्य यसैवर्षबाट शुरु हुने संस्थाले जनाएको छ । सुर्खेत उपत्यकाको बस्तुस्थितीको सामाजिक सर्भेक्षणको विस्तृत सम्भाव्यता अध्ययन योजना यसै आर्थिक वर्षबाट शुरु हुने अध्यक्ष देवकोटाको भनाई छ ।