☰ open Loading... 21 June 2024|  

कांग्रेसबाटै ओलीलाई साथ दिने यस्तो छ डिजाइन
  | ११ माघ २०७३, मंगलवार १८:४९

काठमाडौं । संविधान संसोधनका लागि सत्तारुढ नेपाली कांग्रेस र माओवादीको गठबन्धले प्रस्ताव अघि बढाए पनि यो पास हुने शंका आशंका बढ्दै गएका छन् । सबैभन्दा ठूलो अर्थात् २०७ सिट रहेको कांग्रेसको बल, तेस्रो ठूलो दल माओवादी र मधेस केन्द्रित दलको विश्वासमा संसोधन प्रस्ताव अघि बढाइए पनि कांग्रेसकैं नेताहरु संसोधनमा सकारात्मक नभएको बुझिएको छ ।

sher-bahadur-Dauba-and-Kp-oli

कांग्रेसको संस्थापन अर्थात् देउवा पक्षले पास गर्नका लागि प्रस्ताव ल्याएको भनिएको छ । तर, नेता रामचन्द्र पौडल पक्ष नै सर्वपक्षीय छलफल नै नभइ ल्याइएको संसोधनले निकास नदिने पक्षमा छ । नेता पौडेलसहित यो पक्षका अधिकांश नेताहरु पहिले पनि एमालेको सहमतिविना प्रस्ताव ल्याउन नहुने पक्षमा थिए । नेता पौडेलले त मुखै फोरेर एमालेविनाको संसोधनको विषयले निकास नदिने भाषण संसोधन आउनु अगावै दिएका थिए ।

पौडेल मात्र होइनन्, नेपाली कांग्रेसमा संविधान संसोधनमा अहिलेको सीमांकन हेरफेरसहितको प्रस्तावले सहमति नभई विमति मात्रै रहनेमा निर्वाचित महामन्त्री शशांक कोइराला पनि पुगेका छन् । नवलपरासी १ बाट चुनाव जित्दै आएका शशांक कोइराला पनि ५ प्रदेशबाट पहाडी जिल्ला अलग गराइएको विषयमा असन्तुष्ट छन् ।

केही समय अघि बुटवलमा भएको प्रदर्शनपछि शशांक पनि पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मीलाई ४ नम्बरमा राख्न नहुनेमा पुगेका हुन् । नवलपरासीदेखि बर्दियासम्मको प्रदेश दिइए, बर्दिया, कैलालीसहितका स्थानमा रहेका थारुलाई पनि अन्याय हुने, पहाडी जिल्लाका जनतालाई अपायक पर्नेभन्दै आफू निकटका नेतासँगको कुराकानीमा उनले अब सीमाकंन परिमार्जन नगरी निकास निस्कने सम्भावना कम रहेको बताउँने गरेको बुझिएको छ ।

यस अघिदेखि नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा पनि शशांकले संचारमाध्यमार्फत फरक मत राख्दै आएका थिए । संविधान बनाउँदा पर्याप्त छलफल नगरेको भन्दै उनी असन्तुष्टि रहँदै आएका छन् । शशांकको यो मतमा शेखर कोइरालासहितका युवा नेताहरु पनि सहमत छन् ।

पहिले एमालेसहितका दल मान्दा यही प्रस्ताव आए पनि सहमति नभएको नभएको भन्दै फेरि यो प्रस्ताव ल्याउँदा दलबीच पर्याप्त छलफल नहुँदा अहिले पास गर्न सकस भएको कांग्रेसका धेरै नेताले बताउँने गरेका छन् ।

खुलेर संसोधनका पक्षमा कांग्रेस नेताहरु खुलेर लासिकेका छैनन् । उनीहरु यसरी नखुल्दा संसोधनमा तीव्र विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेलाई बल पुगिरहेको छ । उसले कुनै पनि हालतमा संसोधन प्रस्ताव पास हुनै नदिने नीति लिएको छ ।

केही दिन अघि संविधान संसोधनबारेको प्रस्ताव संसदमा टेबल भए पनि पास हुने सम्भावना निक्कै नै कम रहेको बुझिएको छ । किनकी पास हुने अवस्था नभएरै एमालेले पनि संसद खुल्न दिएको चर्चा कांग्रेसभित्र छ । पास नहुने भएपछि संसद चल्न दिंदा एमालेको पनि फेससेभ हुने भएपछि कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वले यस्तो सहमति गरेको थियो ।

यता कांग्रेस सभापति शेरबहादुर देउवालको जोड पनि संविधान संसोधन पास होस् भन्नेभन्दा जसरी पनि वैशाखको अन्तिम साता वा जेठको पहिलो साता स्थानीय चुनाव होस् नै भन्ने छ । चुनावमा दलबीच सहमति हुन्छ भने अब संविधान संसोधनको विषय असाध्यै महत्वको नरहेको सन्देश उनले दिइरहेका छन् ।

यसैलेउनी पनि संविधान संसोधन अघि बढोस् भन्दा छिटो चुनाव घोषणा होस् भन्नेमा छन् । माओवादीसँग भएको सहमति अनुसार भए एउटा चुनाव गरेपछि देउवाको प्रधानमन्त्री पक्का हुने भएपछि पनि देउवाले चुनावका लागि निक्कै बल गरिरहेका छन् ।

नेपालीहेडलाइन्स