☰ open Loading... 2 December 2024|  

उपचारमा सघाउन अपिल
  | ११ माघ २०७३, मंगलवार १८:५७

सुर्खेत । वीरेन्द्रनगर १४ घुस्रास्थित एक महिलाको औषधि उपचारमा खर्च अभाव भएपछि परिवारले तनावै–तनाव झेल्नुपरेको छ । पुस ५ गते खर काट्ने क्रममा सानो सुर्खेतको जंगलबाट लडेर सख्त घाइते भएकी ३३ वर्षीय अञ्जु कार्की आर्थिक अभावले भारतको लखनउ अस्पतालमा छटपटाइरहेकी छिन् । उनका परिवारले उपचारमा सघाउन अपिल गरेका छन् ।

 उपचार खर्च अभावले लखनउ अस्पतालमा छटपटाइरहेकी सुर्खेत घुस्राकी अञ्जु कार्की ।

उपचार खर्च अभावले लखनउ अस्पतालमा छटपटाइरहेकी सुर्खेत घुस्राकी अञ्जु कार्की ।

परिवारले उनको उपचारका लागि २२ लाखभन्दा बढी रकम खर्च गरिसकेको बताएको छ । अञ्जुको पेट फुट्नुका साथै आन्द्रा, मलद्धारमा गम्भीर चोट लागेको छ । अञ्जुका पति मोहनकुमार कार्कीले घुस्राको घर र, मलेसियाबाट कमाएर ल्याएको पैसाले जोडेको घडेरीसमेत बिक्री गर्नुपरेको बताए ।

‘घर बेचेको तीन दिन भयो । सापटी लगेको पैसा फिर्ता गर्नलाई जग्गा पनि बेच्दैछु’ उनले भने । गम्भीर घाइते अञ्जुलाई ३६ दिनदेखि आइसियूमा राखिएको छ । अस्पतालले तीन महिना अझैं आइसियूमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

मोहनले दैनिक १५ हजार भारतीय रुपैया“ अस्पतालमा खर्च भैरहेको बताए । ‘उपचार गर्दागर्दै बिल्लीबाठ भइयो । अझ थुपै्र रकम चाहिने भो’ चिन्ता व्यक्त गर्दै उनले भने, ‘पैसा कसरी जुटाउने ? ऋण पत्याउने पनि कोही छैनन् ।’