☰ open Loading... 23 February 2024|  

निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ —सभापति देउवा
  | १५ माघ २०७३, शनिबार १३:३९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन  ।नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।”

सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ ।’

एक अर्को प्रश्नको जवाफमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउनुपर्छ भने ।

उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए । स्थानीय निकायको निर्वाचनमा आफ्नाे दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको छ भने ।