☰ open Loading... 18 May 2024|  

अाधुनिक खाेर निर्माण गरेर बाख्रापालन
  | १७ माघ २०७३, सोमबार ०७:४८

जाजरकोट । उच्च मुल्य बस्तु विकास आयोजना सुर्खेतले जाजरकोटको दुर्गम गाउँका किसानलाई व्यवसायिक बाख्रापालनको लागि सहयोग गरेको छ । परम्परागत रुपमा बाख्रापालन गदै आएका जाजरकोटको उत्तर पुर्वमा पर्ने लहँ गाविसका किसानलाई आधुनिक तरिकाले बाख्रापालनमा प्ररित गर्न सहयोग गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको सहयोगमा अहिले लहँ गाविस –२ को थाप्ला र राता, –३ को मानचौर र भात्चिउरा, –४ को भेरीखर्क, खाल्चौर, जोगिनडाँडा र सिममा खोर निर्माण भैइरहेका छन । आयोजनाले नागरिक कृषि तथा पशुपालन सहकारी संस्था र युवा नागरिक कृषक समुह मार्फत किसानलाई बाख्रापालनको लागि करिव २१ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

khor
नागरिक कृषि तथा पशुपालन सहकारी संस्थालाई आयोजनाले बाख्रापालनको लागि १० लाख ४१ हजार ७ य ८४ रुपैया दिएको छ ।  खोर निर्माण लगायतको कामको लागि आयोजनाले किसानलाई अनुदान स्वरुप ७० प्रतिशत रकम दिएको छ भने वाँकी ३० प्रतिशत रकम किसान आफैले खर्च गर्नेछन ।

आयोजनाले खोर निर्माण तथा सुधारको लागि ६ लाख ७७ हजार २ सय २६, उन्नत जातका बोका खरिदको लागि १ लाख ५३ हजार, भुइ घाँसको लागि ५० हजार रुपैया दिएको छ । यस्तै डिपिङ टंकी निर्माणको लागि ३४ हजार, ढक तराजु किन्न २५ हजार ५ सय, स्पे्रयर टंकीको लागि ५ हजार ९ सय, आन्तरिक परिजीवी नियन्त्रणको लािग १४ सय ३३, पिपीआर खोप व्यवस्थापनको लागि ३ हजार ६ सय ५८, वाह्य परिजीवी नियन्त्रणको लागि ४ हजार, डालो घाँसका विरुवा उत्पादन गर्नको लागि १८ हजार २ सय ९१ रुपैया दिएको छ ।

नर्सरीको लागि बेर्ना र वीउमा २ हजार ५ सय, व्यवस्थापनमा ११ हजार ९ सय, प्राविधिक तालिमको लागि १७ हजार, सेवा खरिदको लागि ६ हजार ८ सय, सुचना वोर्डको लागि ५ हजार, अभिमुखीकरणको लागि १ हजार ७ सय, सार्वजनिक सुनुवाईको लागि ६ हजार ३ सय ७५ र व्यवसायिक योजना तयारीको लागि ४ हजार २ सय ५० रुपैया दिएको नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाका सचिव कमान ओलीले जानकारी दिए ।

यस्तै आयोजनाले युवा नागरिक कृषक समुहलाई १० लाख ३७ हजार २ रुपैया वाख्रापालनको लागि सहयोग गरेको छ ।
आयोजनाले खोर निर्माण तथा सुधारको लागि यो समुहलाई ६ लाख ८२ हजार ६ सय ७५, उन्नत जातका बोका खरिदको लागि १ लाख ४० हजार २ सय ५०, भुइ घाँसको लागि ५० हजार रुपैया दिएको छ ।

यस्तै डिपिङ टंकी निर्माणको लागि ३४ हजार, ढक तराजु किन्न २५ हजार ५ सय, स्पे्रयर टंकीको लागि ११ हजार ९ सय, आन्तरिक परिजीवी नियन्त्रणको लािग १२ सय ८ सय ८६, पिपीआर खोप व्यवस्थापनको लागि ३ हजार २ सय ४८, वाह्य परिजीवी नियन्त्रणको लागि ३ हजार ७ सय ६०, डालो घाँसका विरुवा उत्पादन गर्नको लागि १७ हजार २ सय ७६ रुपैया दिएको छ ।

नर्सरीको लागि बेर्ना र वीउमा २ हजार ५ सय, व्यवस्थापनमा ११ हजार ९ सय, प्राविधिक तालिमको लागि १७ हजार, सेवा खरिदको लागि ६ हजार ८ सय, सुचना वोर्डको लागि ५ हजार, अभिमुखीकरणको लागि १ हजार ७ सय, सार्वजनिक सुनुवाईको लागि ६ हजार ३ सय ७५ र व्यवसायिक योजना तयारीको लागि ४ हजार २ सय ५० रुपैया दिएको समुहका अध्यक्ष गोविन्द ओलीले जानकारी दिए ।

२ वटै समुहमा आवद्ध किसानहरुले ३० प्रतिशत र आयोजनाको ७० प्रतिशत रकमले खर्च गर्ने छन । अहिले पहिलो चरण अन्गर्तका २२ वटा खोरहरु निमाण गर्ने काम अन्तिम चरणमा रहेका छन । पहिलो चरणका २÷४ वटा वाहेक अरु खोरहरु निर्माण भैइसकेका छन ।

बाख्रापालन व्यवसायलाई व्यवसायिक वनाउदै किसानको जीवनस्तरमा सुधार ल्याउनको लागि आयोजनाले जाजरकोटको दुर्गम गाविस लहँका ६० जना किसानलाई सहयोग गरेको आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले बताए ।

किसानलाई प्रोत्साहन गर्नको लागि सहयोग गरेको उल्लेख गदै उहाँले आयोजनाको सहयोगले उनीहरुको आयआर्जनमा सहयोग पुग्ने विश्वास गरे । आयोजनाका परामर्शकर्ता हरिमदन अधिकारीले आयोजना लागु भएका जिल्लाहरुमा आयोजनाले बाख्रापालन लगायत विभिन्न क्षेत्रमा किसानलाई अनुदान सहयोग गदै आएको उल्लेख गरे ।

आयोजनाको सहयोगपछि गाउँमा व्यावसायिक बाख्रापालनमा किसानको आकर्षण बढ्दो छ । आम्दानी बढेपछि उनीहरु व्यवस्थित खोर बनाई बाख्रापालन गर्न लागेका हुन् । आयोजनाको सहयोगपछि लहँ –४ का भद्रबहादुर ओलीले आधुनिक खोर निर्माण गरी व्यवसायिक रुपमा बाख्रा पाल्ने योजना बनाए ।

अहिले स्थानीय खरी जातको बाख्रा पाल्दै आउनु भएका उनले आयोजनाले दिएको २८ हजार ३ सय ५० रुपैयाले खोरमा पाठा, माउ, खसी र बोकालाई छुट्टाछुट्टै राख्ने व्यवस्था सहितको खोर निर्माण गरेका छन । उच्च मुल्य बस्तु विकास आयोजना सुर्खेतले उहाँ मात्रै होइन परम्परागत रुपमा बाख्रापालन गदै आएका लहँ गाविसका ६० जना भन्दा बढी किसान यतिबेला व्यवसायिक बाख्रापालनमा लागेका छन् ।

बाख्रापालनबाट चोखो आम्दानी लिन सकिने भएपछि उनीहरु यसतर्फ लागेका हुन् । लहँ –४ का गीता मल्लले व्यवस्थित खोर बनाएर घरमै बाख्रापालन शुरु गरेका छन । अहिले उहाँको खोरमा २० वटा खरी जातका बाख्रा छन् ।

बाख्रामा कुनै समस्या देखिए लहँका किसानहरु परामर्शका लागि तुरुन्त आउने गरेको जिल्ला पशु सेवा कार्यालय जाजरकोटका पशु विकास अधिकृत कपिलप्रसाद उपाध्यायले बताए । उनले भने– ‘ हामीले कृषकको घरमै पुगेर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।’

जाजरकोटका युवा समाजसेवी प्रकाश पन्तले बाख्रापालनको लागि जाजरकोट जिल्लाकै सवैभन्दा उत्तम क्षेत्रको रुपमा रहेको लहँ, डाडाँगाउ, खगेनकोट, रक्दा, भगवती लगायत गाविसलाई आयोजनाले यो क्षेत्रलाई बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन ।