☰ open Loading... 23 February 2024|  

मानाेनित अध्यक्ष थापा सम्मानित
  | १७ माघ २०७३, सोमबार ०७:५५

दैलेख उद्योग वाणिज्य संघ, दैलेखले समाजसेवी वासना थापालाई सम्मान गरेको छ । दैलेख उद्योग वाणिज्य संघ, दैलेखकी कार्य समिति सदस्य जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको ब्यवस्थापन समितिमा नेपाल सरकार स्वास्थ्य मंत्रालयद्वारा अध्यक्ष पदमा मनोनित भएकाले सम्मान गरेको हो ।

basanta thapa
उनलाई नीजि क्षेत्रको तर्फबाट सम्मान गर्दै संघले सफल कार्यकालको शुभ–कामना तथा बधाई दिएको छ । नीजि क्षेत्रको तर्फबाट बधाई तथा शुभ–कामना ग्रहण गर्दै आफुले आफ्नो कार्यकालमा तीनवटा कार्य गर्ने बताईन । जिल्ला अस्पतालमा विद्युत लोडसेडिङ्ग भएको बेला राती विरामीहरु अँध्यारोमा बस्नु पर्ने बाध्यता रहेको छ ।

त्यो समस्याको तत्काल सामाधानमा आफु लाग्ने थापाले बताईन् । अस्पताललाई सुविधासम्पन्न बनाउन आफ्नो भुमीका हुने थापाको भनाई छ । अस्पतालको प्रशासनीक अवस्थालाई चुस्त दुरुस्त बनाउन पहल गर्ने उनले उद्घोष गरिन् ।