☰ open Loading... 3 May 2024|  

दाङमा ताेरी उत्पादन बढ्याे
  | २० माघ २०७३, बिहीबार १०:००

दाङमा यसबर्ष तोरी उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार गत बर्षको तुलनामा यसबर्ष दाङमा १.६ प्रतिशत बढि तोरी उत्पादन भएको छ ।

यसबर्ष दाङमा १९ हजार एक सय मेट्रिक टन तोरी उत्पादन भएको कार्यालयले जनाएको छ भने गतबर्ष १८ हजार ७ सय ८६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । दाङमा १८ हजार ५सय ३१ हेक्टर जमिनमा तोरी खेती हुँदै आएको जिल्ला कृषि बिकास कार्यालय दाङका सुचना प्रसार अधिकृत भरतमणी पोख्रेलले बताए ।

यसबर्ष तोरी उत्पादनमा बृद्धि हुनुको कारण मौसम अनुकुल तथा रासायनीक मलको पर्याप्तता मुख्य कारण भएको कार्यालयले बताएको छ । कार्यालयवाट नै उन्नत किसीमको बिऊ बिजन वितरण गरिनु,रासायनिक मलको अभाव नहुनु,र समयमा नै पानि पर्नु जस्ता कारणले यस वर्ष तोरी उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालय दाङका सुचना प्रसार अधिकृत पोख्रेलले बताए ।

दाङ तोरी उत्पादनका लागी उर्वर भूमि मानिन्छ भने यहाँ उत्पादित तोरी बाहिरी जिल्लाहरुमा समेत निर्यात गर्ने गरिन्छ । साथै तोरी उत्पादनले माहुरीपालनका लागी पनि परागसेचनको काम गर्ने भएकाले तोरी उत्पादनलाई अझ प्राथमिकता दिनुपर्ने आवश्यक्ता रहेको विज्ञहरुको भनाई छ ।