☰ open Loading... 28 February 2024|  

राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द
  | २१ माघ २०७३, शुक्रबार ०७:०१

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने बताएका छन । राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताए । उनले भने, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।”

jayanta-chanda
राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका चन्दले बैतडीको विकासका लागि आफू लागिपरेको समेत बताए । अधिवेशनले गजेन्द्रबहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा दानसिंह बिष्ट र लक्ष्मी बिष्ट, सचिवमा मानसिंह बिष्ट, कोषाध्यक्षमा हिरा बिष्टलगायत अन्य सदस्यहरु रहेका राप्रपाका केन्द्रीय सदस्य गणेश बिष्टले जानकारी दिए ।

यस्तै, दशरथचन्द नगरपालिकाको नगरअधिवेशन पनि बिहीबार उद्घाटन गरिएको छ । अधिवेशनले आज नगरसमिति चयन गर्ने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले जानकारी दिए ।