☰ open Loading... 18 September 2024|  

नागरिकलाइ यात्रामा सकस, न्युन सवारीले छतमा यात्रा
  | २१ माघ २०७३, शुक्रबार १२:१०

कैलालीको चिसापानीदेखि अछामको जंगलघाट जोडिने जंगलाघाट सडक खण्डममा स्थानीय नागरिकहरू जिपको छतमा चढेर जोखिममा यात्रा गर्न बाध्य भएका छन । याे सडकमा न्युन सवारीका कारण दैनिक यात्रा गर्ने यहाँका नागरिक जाेखिममा जीपकाे छतमा चढेर यात्रा गर्नु पर्ने बाध्ययतामा छन् ।

Chisapani-rode

सूदूपश्चिम र मध्यपश्चिमका पहाडी जिल्ला अछाम ,डोटी, कैलाली र मध्यपश्चिमका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला लगायतका नागरिकहरु पैदल यात्रा पछि करिव ३० किलोमिटर कैलालीको सोल्टादेखि चिसापानीसम्म सञ्चालन हुने जीपहरूमा सञ्चालनमा अाएका छन् ।

गाडीको सिट क्षमता कम भएको र यात्रा गर्ने मानिसको बाक्लो चापकै कारण छतमा भएपनि यात्रा गर्न परेको यात्रुहरू बताउँछन । समयमा पुग्न पर्ने र समयमा गाडी नपाइने भएकै कारण छतमा भएपनि यात्रा गर्नु पर्ने बाध्यता रहेको अर्का स्थानीय रामनाथ जैशीले बताए ।

२०४८ सालदेखि काम सुरु भएको उक्त सडक अहिलेसम्म पनि पूर्णता पाएकाे छैन । सुगरखाल ९ कुइने निवासी भिष्म साउँदले जोखिम मोलेर भएपनि छतको यात्रा गर्न बाध्यता भएको बताउदै उनले सडक अहिलेसम्म पूर्ण रुपले बन्न नसकेकै कारण यो सडक खण्डमा कुनै पनि यातायात समितिले गाडी नहालेको बताए । उनले यस क्षेत्रका केही ब्यापारीहरूले ब्यापारीक प्रयोजन संगै सुबिधा दिएको बताए ।

साउँदका अनुसार हाल सञ्चालनमा आइरहेका गाडीहरु कुनै पनि यातायात समितीमा दर्ता नभएका र यात्री बिमा समेत छैन। स्थानीयहरूबाट उनीहरूले चर्काे मुल्यसंगै, जाेखिममा यात्रा गराइरहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीका इन्चार्ज प्रहरी निरिक्षक धन बहादुर बोहराले आफू यस क्षेत्रमा नयाँ भएको भन्दै कच्ची सडक र जोखिम पूर्ण बाटोमा जिपको छतमा मान्छे नहाल्न पहल सुरु गरिसकेको दावी गरेका छन ।

उनले चिसापानी सोल्टा सडकमा चल्ने जिप र त्यो सडक खण्डमा चल्ने चार चक्के सवारी साधनलाई नियम पूर्व रुपमा सञ्चालन गर्न लगाउने प्रतिबद्धता जनाए ।

ट्राफिक प्रहरी कार्यालय चिसापानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक खडक बहादुर बमले यस समस्या प्रति आफू चिन्तित भएको भन्दै यात्रीहरु नै नबुझ्ने भएकाले छतमा यात्रा गरिरहेको बताए । व्यवसायीहरूसंग समन्वय गरेर छतमा यात्रु नराख्न अाग्रह शुरू गरिएकाे पनि उनकाे भनाइ छ ।