☰ open Loading... 3 May 2024|  

ईतिहास लेखन गौरवपूर्ण काम : विज्ञ
  | २२ माघ २०७३, शनिबार १०:२७

दैलेख । दैलेखी पत्रकारहरुको अगुवाईमा दैलेखको ईतिहास लेखनको भएको कदम गौरवपूर्ण भएको विज्ञहरुले बताएका छन् । काठमाडौ भएको छलफल कार्यक्रममा विज्ञहरुले ईतिहास लेखन ऐतिहासिक काम भएकाले प्रतिक्रिया दिएका हुन् ।

IMG_9726 (1)
प्राध्यापक डाक्टर राजाराम सुवेदीले यूवाहरुले ईतिहास लेखाउन र प्रमाणित गर्न लाग्नु सवैका लागि प्रेरणाको कुरा भएको बताए । उनले आफु ऐतिहासिक जिल्लामा गएर खोज अनुसन्धान गर्न पाउन निकै खुसी लागेको बताए । ईतिहास लेखीएपनि धेरै कुराहरु लेख्न बाँकी रहेको सुवेदीले बताए ।

आफ्ना सन्नतीहरुले अहिले देखीएको ईतिहासबारे जान्न पाउनेछन् । सुवेदीले भने, सवैको सहयोगले नै ईतिहास लेख्न सहज हुनेछ । त्यस्तै प्राध्यापक डाक्टर मधुसूदन गिरीले दैलेखमा थुप्रै ऐतिहासिक बस्तु भएपनि प्रचार प्रसार र प्रमाणिकरण नहुँदा ओझेलमा परेको बताए ।

उनले विषय विशेषज्ञबाटै त्यस्ता ऐतिहासिक बस्तुहरुको खोज अनुसन्धान हुने बताए । कार्यक्रममा ईतिहासका जानकार तथा लेखक बिश्व पोखरेलले धार्मीक, सांस्कृतीक तथा ऐतिहासिक रुपमा जिल्ला अग्रणी भएपनि थुप्रै बस्तुहरु अँझै अध्यायन हुन नसकेको बताए ।

पत्रकारहरुले ईतिहास लेखन कार्यका लागि माहोल मिलाएर विज्ञहरुमाँझ छलफल चलाउनु आफैमा गौरवपूर्ण कार्य भएको भनाई छ । जिल्लाको पर्यटन विकास र ईतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सवको शिलशिलामा दैलेखका सासदहरु, विज्ञहरु सहित महोत्सव संयोजक तथा सदस्यविच छलफल भएको थियो ।

कार्यक्रममा माननिय लक्ष्मीप्रसाद पोखरेल, अम्मरबहादुर थापा र ललिता रेग्मीले जिल्लाको विकासका लागि महत्वपूर्ण कार्य ईतिहास लेखन भएकाले आर्थिक कमी हुन नदिने उद्घोष गरे । ईतिहास लेखीएपछि नेपालकै तेस्रो नभई पहिलो ऐतिहासिक सम्पदाहरु भएको जिल्ला हुने विज्ञहरुको भनाई छ । ईतिहास लेखनका लागि आफ्नो भुमीका कुनै पनि समय सदा रहने समेत माननिय सासदहरुले बताए ।

कार्यक्रममा दैलेखको ईतिहास लेखनका लागि ईतिहास विद, भाषा विद, मूर्त–अमुर्त सम्पदा विद, समाज शास्त्री लगायतले अनुसन्धानका लागि काम गर्ने र ईतिहास लेखनका लागि समन्वय संयोजक प्राध्यापक डाक्टर मधुसूदन गिरीको संयोजत्वमा काम गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै माघ १८ गते दैलेख पर्यटन महोत्सवको आयोजना र दैलेखी सेवा समाजको समन्वयमा वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा धन्ने १ सय जना दैलेखीहरुको सहभागी रहेको थियो । ईतिहास लेखन र पर्यटन विकासका लागि छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रंगनाथ जोशीको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया भएको थियो । जिल्लाको ईतिहास लेखन निकै महत्वपूर्ण काम भएको सवैले प्रतिक्रिया दिएका थिए ।