☰ open Loading... 4 May 2024|  

मेहलकुना अस्पतालको स्तरोन्नति
  | २३ माघ २०७३, आईतवार १४:४६

सुर्खेत । सरकारले पूर्वी सुर्खेतको मेहलकुना अस्पताललाई ५० सैड्ढयाको बनाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मेहलकुना अस्पताललाई ५० सैड्ढया बनाउने निर्णय गरेको हो । मेहलकुना अस्पताललाई ५० सैड्ढयाको बनाउनका लागि सो क्षेत्रका सांसद एवम् कांग्रेस नेता दुई वर्षदेखि सक्रिय थिए ।

Mehelkuna Hospital

‘दुई वर्षको अथक मेहनतपछि मेहलकुना अस्पतालको स्तरोन्नति भएको छ’ नेता खड्काले भने, ‘यो सो क्षेत्रका जनताका लागि ठूलो उपलब्धी हो ।’ मेहलकुना अस्पतालमा हाल दुई जना चिकित्सक कार्यरत छन् । ५० सैड्ढयाको अस्पतालसँगै अव कम्तिमा १५ जना चिकित्सक कार्यरत रहन्छन् ।

गाइनेकोलोजिष्ट, मेडिसिन, सर्जर्न, अर्थो, एनएसथेरिया, मेडिकल अफिसरलगायतका चिकित्सक हुनुपर्छ । छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने मेहलकुना अस्पतालमा सुर्खेतका मात्रै नभएर सल्यान, जाजरकोटलगायतका सेवाग्राहीहरुका लागि पनि पायक पर्छ ।

मेहलकुना अस्पताल विकास समितिका अध्यक्ष हस्त पुनले वर्षौदेखिको आफूहरुको माग पूरा भएको भन्दै यो क्षेत्रको स्वास्थ्यमा उल्लेख्य प्रगति हुने बताए । ‘अहिलेसम्म नाम मात्रैको अस्पताल थियो, अव साँच्चिकै अस्पतालको रुप लिने देखिन्छ’ उनले भने, ‘सुर्खेती मात्रै नभएर जाजरकोट, सल्यानलगायतका जिल्लाका सेवाग्राहीहरुका लागि पनि सहज हुन्छ ।’

उनले सानो विमारमा पनि सेवाग्राहीहरु सदरमुकाम वीरेन्द्रनगर अथवा नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य हुन लागेको बताए । सरकारले अव ५० सैड्ढयाको अस्पतालका लागि भवन निर्माण सुरु गर्दैछ । एक महिनाभित्रै सबै प्रक्रिया पूरा गरेर टेन्डर प्रकाशन हुन लागेको नेता खड्काले जानकारी दिए ।