☰ open Loading... 18 May 2024|  

प्रहरी हिरासत कक्षकाे निगरानी अब सिसि क्यामराले गर्ने
  | २३ माघ २०७३, आईतवार १७:२२

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी हिरासत कक्षकाे निगरानी अव सिसि क्यामराले गर्ने भएकाे छ । जिल्लाका अन्य सरकारी कार्यालयहरु मध्य सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालयले सिसि क्यामरा जडान गरेपछि अव क्यामरा बाटै हिरासतमा परेका व्यक्तिहरूकाे गतिविधि रेकर्ड हुने भएकाे हो ।

cc-camera-news

बिभिन्न आरोपमा पक्राउ परेका आरोपीहरुलाई अनुसन्धानको लागी प्रहरीले सवैभन्दा पहिले हिरासतमा राख्ने गर्दछ ।प्रहरी हिरासतमा रहेकाहरुले झैझगडा लगाएतका बिभिन्न क्रियाकलापहरु गर्न सक्ने भएकाले त्यसको निगरानी गर्नका सिसि क्यामरा जडान गरिएको प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।

‘बिगतका दिनमा प्रहरी हिरासतमा नै बिभिन्न घटना घटे’ उनले भने–’त्यस्ता घटना हुन नदिन र घटना भएमा त्यसकाे वास्तबिकता थाहा पाउन सिसि क्यामरा जडान गरिएको हो ।’

उgले प्रहरी हिरासतमा तीन वटा सिसि क्यामरा जडान गरिएको बतार् । महिला बस्ने कोठामा एक र पुरुष बस्ने कोठामा दुई सिसि क्यामरा जडान गरिएको छ । करिब ४५ हजार बराबरको लागतमा सिसि क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानाएकाे छ ।