☰ open Loading... 5 May 2024|  

विव्यस समितिमा सदस्य छनाैैट
  | २५ माघ २०७३, मंगलवार १९:११

सुर्खेत । अमरज्योती नमूना माध्यमिक विद्यालय नेवारेको विद्यालय व्यवस्थापन समिति सदस्य चयन गरिएको छ । मंगलवार सम्पन्न अभिभावक भेलाले चार जना सदस्य छनौट गरेको हो ।

महिला सदस्यमा चन्द्रकुमारी लामिछाने र ज्योती विक साथैै रेशम भण्डारी र मणिराम चालिसेलाई सदस्यमा चयन गरिएको हो । चार सदस्यीय समितिले थप दुई जना सदस्य मनोति गरी समितिलाई पूर्णता दिइने छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरिक्षक बलवीर सुनार, स्रोत व्यक्ति लोकबहादुर खत्रीसहितको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका सदस्य छनौट गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।