☰ open Loading... 3 December 2024|  

मागी होइन, भागी बिवाह
  | २७ माघ २०७३, बिहीबार ११:१६

सुर्खेतमा एउटा यस्तो ठाउँ छ, त्यहाँ मागी बिवाह भन्दा भागी बिवाह धेरै हुने गरेको छ, त्यो ठाउँ हो सुर्खेतको पश्चिम क्षेत्र बावियाचौर । बावियाचौरमा विगतका केही वर्षदेखि अधिकांस भागी बिवाह हुने गरेको स्थानीय बताउँछन् ।

bal bibaha
फायल तस्वीर

बावियाचौरमा मात्र होइन, जिल्लाका पश्चिमी क्षेत्रका धेरैजसो गाविसहरुमा १३ वर्षदेखि १८ वर्षको बालबालिकाकाहरुले मागी भन्दा भागी बिवाह गर्ने गरेको आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले बताईन । निम्न माध्यामिक तह अभ्ययन गर्ने उमेरमा माया प्रेम गर्ने र बाबु आमाले स्वकार गनरेपनि आफुखुसी भागेर बिवाह गर्ने गरेका छन् ।

यसरी बालबालिकाहरुले आफुखुसी बिवाह गर्दा पढाईसमेत अधुरो हुने गरेको निर्देशक शाहीले बताईन् । ‘यसरी गरेको बिवाह धेरै समय टिकेको देखिदैन्,’ उनले भनिन्, एक÷दुई महिना नवित्दै सम्बन्ध विच्छेद गर्नुपर्ने स्थिती सृजना हुन्छ । भागी बिवाह हुनुको प्रमुख कारण भनेको अभिभावकको हेलचक्याई हो ।’ समयमै आफ्ना छोराछोरीको अवस्था, रुचि र उनीहरुको गतिविधिको ख्याल नगर्दा सानै उमेरमा भागेर बिवाह गर्ने गर्छन । बावियाचौरको संस्कृती नै यस्तो भई सकेको छ उनी भन्छिन् ।

‘हिन्दु धर्मअनुसार बिवाह भए पछि माईति मान्नुपर्ने प्रचलन हुन्छ, निर्देशक शाही भन्छिन्, आमा बाबुले बिवाह गर्न नमान्दिने भएपछि छरछिमेकलाई माईति मानेर बिवाह गर्ने गरेका छन् ।’ घरपरिवार सँग मागेर बिवाह गर्दा सम्वन्ध दिगो हुने भएपनि त्यसो हुन सकेको छैन् ।

गाविसको बालबिवाहको अवस्थाका बारेमा आवाज संस्थाले गरेको सर्वेक्षण अनुसार शिक्षित बालवालिकाहरुले मागी भन्दा भागी बिवाह गर्ने गरेको पाइएको छ । सर्वेक्षण अनुसार, गाविसमा ९७ प्रतिशतले भागी बिवाह गरेका छन् ।

तथ्यांकलाई हेर्ने हो भने, तीन प्रतिशतले मात्र उमेर पुगेर अथवा मागी बिवाह गर्ने गरेका छन् । सर्वेक्षणका क्रममा वडा नं ५ मा मात्रै ४ प्रतिशतले उमेर पुगेर मागी बिवाह गरेको पाइएको छ भने बाँकी ९६ प्रतिशतले भने उमेर नपुग्दै भागी बिवाह गरेको निर्देशक शाहीले बताईन् ।

किन गर्छन, भागी बिवाह ? 

सबै भन्दा भागी बिवाह गर्नुको प्रमुख कारण भनेको अभिभावकको लापरवाही नै हो । अभिभावकले आफ्ना छोराछोरीलाई नियन्त्रणमा लिन नसक्दा भागी बिवाह हुने गरेको बाल अधिकारकर्मीहरु बताउँछन् ।

उनीहरुको अवस्थाको ख्यालै नगर्दा सानै उमेरमा प्रेम सम्बन्धमा जोडिने, त्यस पश्चात घरमा विहेको प्रस्ताव राख्दा नमानेरै कानुन विपरीत बिवाह गर्ने गछर्न । अर्को समस्या भनेको गरिबी हो । सानो उमेरमा एक पक्षियसंग आर्थिक अभाव हुने कारणले गर्दा पछिल्लो समय भागी बिवाह हुनुको अर्को कारण हो, प्रविधिको दुरुपयोग । प्रविधिको सहि प्रयोग गर्न नसक्दा भागी बिवाह गर्नेको संख्या पछिल्लो समय बढ््दै गएको हो ।

अभिभावकले सानै उमेरमा छोरा छोरीको हातमा मोवाइल फोन दिने गरेका कारण गर्दा सानै उमेरमा भागी बिवाह गर्ने गरेको सम्वद्धहरु बताउछन् । सानै उमेरमा बिवाहको गर्नुको अर्काको कारण जन चेतनाको अभाव हो । कम उमेरमा बिवाह गर्दा पछि भोग्नु पर्ने समस्याकाहरुका बारेमा जानकारी पहिले नै थाहा नपाउदाँ भागी बिवाह हुने गरेको पाइन्छ ।

कानुनमा के छ ?

कम उमेरमा हुने बालबिवाहलाई कानुने समेत रोक लगाएको छ । २० वर्ष नपुगेका बालिकाको बिवाह गरे÷गराएको हकमा छ महिनादेखि तीन वर्षसम्म कैद सजाय र रु एक हजारदेखि १० हजारसम्म जरिवाना, १० देखि १४ वर्ष नपुगेकी बालिकाको हकमा तीन महिनादेखि एक वर्ष कैद र रु पा“च हजारसम्म जरिवाना वा दुवै सजाय तथा १४ वर्षमाथिदेखि १८ वर्ष नपुगेकी युवतीको हकमा छ महिनासम्म कैद र रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

त्यस्तै जानीजानी तोकिएको ऐन बमोजिम कम उमेरमा बिवाह गराउने पुरोहित, लमी र अरू मद्दत गर्नेलाई एक महिना कैद वा रु एक हजारसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।  

मुलुकी ऐनको ११औँ संशोधनले बिवाहका लागि संरक्षकको मञ्जुरी भए १८ वर्ष र मञ्जुरी नभए २० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै, बिवाह दर्ता ऐन २०२८ मा बिवाह गर्ने केटाकेटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

सिद्धदर्शन दैनिक