☰ open Loading... 18 May 2024|  

माछा मार्न गएका बालककाे डुबेर मृत्यु
  | २७ माघ २०७३, बिहीबार १२:३३

डोल्पा । यहाँका एक बालकको ठूलो भेरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीयवासी पुष्पराज शाहीले बताए ।