☰ open Loading... 2 May 2024|  

विस्थापित बस्तीमा आगलागि
  | २८ माघ २०७३, शुक्रबार २१:२६

विस्थापति वस्तीमा आगलागि भएको छ । तरङ्गा ६ सिम्लेपानी बाट बिस्थापित भई कुनाथरि ९  भट्टेघारीमा बस्दै आएका बस्तीमा आज एक्कासी आगलागी भएको हो ।

{ कुनाथरि ९े भट्टेघारी बस्तीमा लागेको आगो

एउटामात्र घरबाट सुरु भएको आगो यो समाचार तयार पर्दा समेत धेरै घरहरुमा आगो सल्कि सकेको बताईएको छ । आगलागिको कुनै पनि कारण नभएको र आफै आगो लाग्ने गरेको प्रत्यक्षदर्शि भैरब आधारभुत विद्यालय का शिक्षिका मनिषा शाहीले जानकारी दिए । उनका सुरुमा घरमा धुवाको मुस्लो देखिने र त्यसपछि चारैतिरबाट आगो लाग्ने गरेको ले निभाउन समेत निकै कठिनाई हुने गरेको बताए । एकासि आगलागि हुदाँ त्यहाँ नागरिकहरुको जनजीवन कष्टकार बन्दै गएको उनले बताए ।

डर त्रासले गर्दा स्थानीय हरु खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन । अहिलेसम्म मानबहादुर टमटा,महेन्द्र सुनार, जर्मकला तिरुवा, कुलबहादुर शाहि, चक्रबहादुर सुनार र डिलबहादुर सुनारको घरमा आगो लागेको छ । करिब १५० घरधुरी रहेको यो बस्ती २०६५ असारमा सिम्लेपानीमा गएको पहिरो बाट बिस्थापित भएर भट्टेघारीमा बस्दै आएका थिइ ।

यस्तै घटनास्थलमा अस्थायी प्रहरी चौकि बड्डिचौरको टोली पुगेर आगो नियन्त्रण गरि सकेको जनाएको छ । प्रहरीका अनुसार गत ९ गते देखि आगो लाग्न सुरु बताईएको छ । साथै यो दोश्रो पटक आगजनि भएको अस्थायी प्रहरी चौक बड्डीचौर कुनाथरीले जनाएको छ । प्रहरीका अनुसार आज शुक्रबार भएको आगलागिको क्रममा अरु घरमा भएको सामाग्रीहरु बचाउन सफल भएतापनि एउटा घरको सबै सम्पति नष्ट भएको बताईएको छ । हाल आगलागि बाट कति क्षति भयो भन्ने विवरण भने आउन सकेको छैन ।