☰ open Loading... 22 June 2024|  

कृषि सडक सञ्चालन
  | १ फाल्गुन २०७३, आईतवार ०९:३६

बाजुरा । बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सडक उद्घाटन गरेपछि सडक सञ्चालनमा अाएकाे हाे ।

जिविसको अनुदान सहयोगमा उपभोक्ता समितिको अगुवाइमा सिराडी माउलेख जिल्ली कृषि सडक निर्माण निर्माण भएको समितिका अध्यक्ष मदनराज पण्डितले बताए । सिराडी– माउलेख– जिल्ली कृषि सडक बनेपछि शनिबार से१ज ३१० र से१ज ९१९ नंका दुई गाडी चले ।

जिविसको करिब रु १६ लाख ७० हजार र उपभोक्ता समितिको करिब रु तीन लाख ४१ हजार बराबरको जनश्रमदानमा सडक निर्माण गरिएको हो । जिल्लीबाट दैनिक करिब १० किमी हिँड्न बाध्य स्थानीयवासीले अब गाडी चढ्न पाउने भएका हुन् ।