☰ open Loading... 18 May 2024|  

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्रमा सिंहबहादुर श्रेष्ठ नियुक्त
  | १ फाल्गुन २०७३, आईतवार १०:०७

काठमाडौँ  । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आज दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
jay-bahadur-chand-1
दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए ।