☰ open Loading... 18 May 2024|  

छैठौँ प्रदेशका स्थानिय निकायको कामकाज ठप्प
  | १ फाल्गुन २०७३, आईतवार १२:५८

सुर्खेत । सुर्खेतसहित प्रदेश नम्बर ६ का स्थानीय निकायका कर्मचारीहले कामकाज ठप्प पारेका छन् । विभिन्न माग राख्दै १२ दिनदेखी आन्दोलनरत प्रदेश नम्बर ६ का स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनको कारण कामकाज ठप्प भएको हो ।

स्थानीय निकायका कर्मचारीले अान्दाेलन गरेपछि वीरेन्द्रनगर नगरपालिकामा पुगेका सेवाग्राही काम नभएपछि गेटबाट फर्कदै । तस्वीर सुशील खड्का
स्थानीय निकायका कर्मचारीले अान्दाेलन गरेपछि वीरेन्द्रनगर नगरपालिकामा पुगेका सेवाग्राही काम नभएपछि गेटबाट फर्कदै । तस्वीर सुशील खड्का

आईतबार विहानै १० बजेबाट कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालय अगाडी धर्ना दिएर बसेका छन् । आन्दोेलनको कार्यक्रम अन्र्तगत भोली स्थानिय निकायमा काम गर्ने निजामति कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने र उनीहरुले चढेको सरकारी सवारी साधन कार्यालयमा राख्ने तथा त्यसपछि अनिश्चितकालका लागि स्थानिय निकायका सेवाहरु ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्थानिय निकाय कर्मचारी संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले आन्दोलनप्रति राज्य गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै अनिश्चितकालका लागि सेवा ठप्प पार्नुपर्ने बाध्यता रहेको बताए । उनले यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा समेत मागेका छन् । सेवाग्राहीको काम रोक्ने पक्षमा आफुहरु नरहेको भन्दै राज्य जिम्मेवार भई माग पुरा गरेमा आन्दोलन फिर्ता लिने बताए ।

छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले छैठौँ प्रदेशका सबै जिल्लामा स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनमा उत्रिएको जानकारी दिए । उनले राज्य समक्ष आफ्ना मागहरु राखेपनि राज्यले अहिलेसम्म कुनै पनि सुनुवाई नगरेका कारण बाध्य भएर आफुहरु धर्नामा बसीरहेको बताए ।