☰ open Loading... 7 September 2024|  

किन थुनिय शिक्षा क्याम्पसका प्रमुख ?
  | २ फाल्गुन २०७३, सोमबार १६:०८

सुर्खेत । अनेरास्ववियुले सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख टंकप्रसाद आचार्यलाई एक घण्टा क्याम्पसमा थुनेको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशीत गरेकाे कार्यतालिका अनुसार अगाडी नबढेकाे भन्दै अनेरास्ववियुले उनलार्इ क्याम्पस हातामा थुनेकाे हाे ।

स्ववियु कार्यालयमा लागेकाे ताला फाेड्दै अनेरास्ववियु अावद्व विद्यार्थीहरू ।

एक घण्टापछि क्याम्पसकै हातामा रहेको पंचकोशी फर्निचरको ढोकाबाट भगेर क्याम्पस प्रमुख बाहिर निस्केका थिए  । सुर्खेत क्याम्पस शिक्षामा सयौं विद्यार्थीहरूले विभिन्न नारा जुलुस गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउन दावव समेत दिएका छन् ।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर, कुनैपनी बाहानामा निर्वाचन रोक्न पाइदैन, क्याम्पस प्रशासन मुर्दाबाद, निर्वाचन समिति मुर्दावाद, असक्षम निर्वाचन समिती राजिनामा दे, क्याम्पस प्रमुख राजिनामा दे जस्ता नारा लगाएर अनेरास्ववियुले विराेध गरेकाे थियाे ।

क्याम्पस प्रशासनले स्ववियुकाे कार्यालयमा लगाएको ताला समेत अनेरास्ववियुमा अावद्व विद्यार्थीहरूले तोडेको छन । अायाेजित विराेध सभालार्इ सम्बाेन्धन गर्दै अनेरास्ववियुका अध्यक्ष प्रेम खड्काले तत्काल कार्यतालिका अनुसार प्रक्रिया अगाडी नबढाइए फाल्गुन १४ गते अनेरास्ववियुले आफै स्वबियु घोषणा गर्ने चेतावनी दिएका छन् ।

उनले क्याम्पस प्रशासनले अखिलको जित निश्चित देखेर डराएकाले विभिन्न बाहाना गर्दै प्रकृया अगाडी बढाउन आलटाल गरेको आरोप लगाए । कोण सभालाई जिल्ला सदस्य धर्मराज न्यौपाने, अनेरास्ववियु शिक्षा क्याम्पसका नेता चक्र शाही, हिक्मत बस्नेत लगायतले सम्बोधन गरेका थिए ।