☰ open Loading... 18 May 2025|  

१५ लाख बराबरको जग्गा दान
  | २ फाल्गुन २०७३, सोमबार १६:१५

रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गरेका छन ।मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता योजनाअन्तर्गत छ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । पछि माथिल्लो तला निर्माण गरी उपशाखा कार्यालय स्थापना गरिने छ ।

पूर्व मन्त्री घर्तीमगरले सधैँ सेवा भावले कटिबद्ध रहने र पीडितको उद्धारमा खटिरहने रेडक्रसप्रेमीका लागि आफूले जग्गा दान गर्न पाउँदा खुसी अनुभव गरेको प्रतिक्रिया दिएका छन ।

पूर्व मन्त्री घर्तीले यसअघि सुलिचौर रोल्पामा शव गृह निर्माणका लागि खोला किनारमा एउटा घडेरी र इलाका प्रहरी कार्यालय, सुलिचौरमा रोल्पा एउटा घडेरी गरी दुईवटा घडेरी दान गरिसकेका छन ।