☰ open Loading... 3 December 2024|  

सुर्खेतमा ह्याण्ड बल प्रतियोगिता हुँदै
  | २ फाल्गुन २०७३, सोमबार १८:०५

सुर्खेत । गत माघ २९ गते गठन भएको सुर्खेत ह्याण्ड बल संघले आफ्नो सक्रियता बढाउन थालेको छ । संघ गठन भएको शुरुवातिमै जिल्लामा रहेका खेलाडीहरुलाई बाहिर ल्याउने उदेश्यले विद्यालय स्तरिय ह्याण्ड बल प्रतियोगिताको आयोजना गर्न लगेको छ ।

प्रतियाेगीता बारे जानकारी दिँदै बाँयाबाट नेपाल ह्याण्ड बल संघका केन्द्रीय उपाध्यक्ष जयन्त कुमार शर्मा, सुर्खेत ह्याण्ड बल संघका अध्यक्ष धनिराम अाचार्य र सचिव भूवन शाही ।

यही फाल्गुन ४ गतेबाट वीरेन्द्रनगरको रंगशालामा विद्यालय स्तरिय ह्याण्ड बल प्रतियोगिताको आयोजना गर्न लागेको सुर्खेत ह्याण्ड बल संघ सुर्खेतका अध्यक्ष धनिराम आचार्यले जानकारी दिएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवैविच प्रतिस्पर्धा गराईने उनको भनाई छ ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई मेडल, ट्रर्फी र प्रमाण पत्र दिइने छ भने उत्कृट एक एक जना छात्र र छात्रा खेलाडी छनौट गरिने अध्यक्ष आचार्यले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई नगद रु. दुई हजार पुरस्कार दिइने बताएका आचार्यले आर्थिक रुपमा संघ कमजोर रहेकाले पुरस्कार राशीलाई विस्तारै बढाउँदै लैजाने बताए ।

ह्याण्ड बलको ४१ औं संघ सुर्खेतमा स्थापना गरेको जानकारी दिएका नेपाल ह्याण्ड बल संघका केन्द्रीय उपाध्यक्ष जयन्तकुमार शर्माले ह्याण्ड बल के हो र यसतर्फ खेलाडीहरुको आकर्षण बढाउने विभिन्न गतिविधिहरु सुर्खेतमा सञ्चालन भइरहेको बताए । उनका अनुसार सुर्खेतका शिक्षकहरुलाई ह्याण्ड सम्वन्धि प्रशिक्षण समेत दिइएको छ ।

संघ गठन नहुनु अगावै सातौं राष्ट्रिय खेलकुदमा केशव विष्ट र गगन सिंहले सहभागिता जनाइ सकेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका संघका सचिव भूवन शाहीले सुर्खेतमा ह्याण्ड बल स्थापित गर्न विद्यालयमा निःशुल्क रुपमा प्रशिक्षण दिँदै आएको जानकारी समेत दिएका छन् ।