☰ open Loading... 19 June 2024|  

भिरबाट लडेर दाजुभाइको मृत्यु
  | ३ फाल्गुन २०७३, मंगलवार १२:५९

बैतडी, । भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए ।  साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी  दिए ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए ।  घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । रासस