☰ open Loading... 23 February 2024|  

राष्ट्रिय जनसंख्या परिषदमा ७ विज्ञ सदस्य नियुक्त
  | ३ फाल्गुन २०७३, मंगलवार १६:४६

राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठकले ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको बैठकले विज्ञ सदस्य नियुक्त गरेको हो ।

नियुक्त विज्ञ सदस्यहरुमा प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्ण छन् । बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।