☰ open Loading... 21 May 2024|  

स्ट्रेचर वितरण
  | ४ फाल्गुन २०७३, बुधबार ०६:४८

नेपाल स्वास्थ्य कर्मी संघ सुर्खेतले १ सय ८१ जना स्वंयम सेविकाहरुलाई स्ट्रेचर वितरण गरेको छ । क्षेत्र नं. १ सांसद् गरिबी छात्रवृत्त अक्षयकोष कार्यक्रमको ब्याज अन्र्तगत जिल्लाका पश्चिम क्षेत्रमा पर्ने ११ गाविसका महिला स्वंयम सेविकाहरुलाई मंगलबार स्ट्रेचर वितरण गरिएको हो ।

नेपाल स्वास्थ्य कर्मी संघ सुर्खेतका अध्यक्ष राजेशबुढाका अनुसार पुर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नं. १ का सांसद् पुर्णबहादुर खड्काले उनीहरुलाई स्टे«चर वितरण गरेका थिए । कार्यक्रममा लगाम, बेतान, घाटगाउँ, तातापानी, छाप्रे, गुटु, विजौरा, विद्यापुर, सालकोट, बावियाचौर गाविसका स्वंयम सेविकाहरुलाई स्टे«चर वितरण गरिएको छ ।

अध्यक्ष बुढाले आज (बुधबार) कुनाथरी, बिहिबार क्षेत्र नं. २ को चिंगाडको ढाडखेत र ८ गते कल्याण गाविसमा ५५० ओटा स्ट्रेचर वितरण गरिने कार्यक्रम तय भएको छ । दुई वर्षअघि क्षेत्र नं. १ मा ३ सय ४१ ओटा स्ट्रेचर वितरण गरि सकेको बढाको भनाई छ ।