☰ open Loading... 3 May 2024|  

मलाई क्याम्पस प्रमुख बनाउनु पर्छ : यादब
  | ४ फाल्गुन २०७३, बुधबार १९:४१

शिक्षा विद्याको मन्दिर हो, शिक्षामा राजनीति गरिनु हुदैँन । आम रुपमा भनिदै आएको यो विषय बुधबार आयोजित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत एक उप–प्राध्यापक सोनालाल यादवले ठाडो चुनौति दिए ।

उनकै शब्दमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकाय माओवादी पार्टीको भाग हो, यहाँ सो पार्टी सम्बद्ध व्यक्तिहरुलाई नै नियुक्त गरिनु पर्छ । यसरी ठाडो रुपमा पार्टीगत रुपमा डिपार्टमेन्टहरु भागबन्डा गरिदा आउने परिणाम कस्तो होला ? सोचनीय विषय छ ।
यतिखेर प्रस्तावित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनको गुणस्तरलाई कसरी सुधार्ने भन्ने पक्षलाई चटक्कै बिर्सेर विश्वविद्यालयलाई राजनीतिक खेलको मैदान बनाई रहेका छन ।

वीरेन्द्रनगरमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पत्रकार सम्मेलनको आयोजना ग¥यो । त्यो पत्रकार सम्मेलनमा म.प विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका उप–प्राध्यापक सोनालाल यादवले भने, इन्जिनियरिङ्ग संकाय माओवादी निकट प्राध्यापकहरुको हो ।

सहायक डिन पनि माओवादी निकट प्राध्यापकहरु मध्येबाट नै बनाउनु पर्छ । यादवले भने म भन्दा जुनियरलाई सहायक डिन नियुक्त गरिएको छ, त्यो नियुक्तिलाई तत्काल खारेज गरि सो पदमा आफुलाई नियुक्त गर्नु पर्छ । उनले अघि भने, यस भन्दा पहिला पनि इन्जिनियरिङ्ग संकाय माओवादी निकटको हो ।

यस्तै नेपाल राष्ट्रिय प्राध्यापक संगठन म.प विश्वविद्यालयका पदाधिकारीहरुले एकलौटी रुपमा विश्वविद्यालय कब्जा गर्न खोजेको आरोप लगाएका छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको छ । इन्जिनियरिङ्ग संकायको सहायक डिन नियुक्ति प्रक्रिया गलत भएको, त्यसलाई तत्काल खारेज गरि प्रक्रिया अनुसार नै नियुक्ति गरिनु पर्ने माग राखिएको छ ।