☰ open Loading... 19 June 2024|  

फिल्म शैलिमा कुटिए सह–चालक
  | ६ फाल्गुन २०७३, शुक्रबार ०७:३६

कुटने विरुद्व प्रहरीमा जाहेरी दर्ता

देउती यातायात नागरिक प्रा.लि. द्धारा संचालित फोर्स मिनि बसका सह चालक कुट्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।  बिहीबार विहान  मध्यपश्चिमाञ्चल यायायात व्यवसायीका कर्मचारीहरुले फिल्मी शैलिमा कुपपिट गरेको भन्दै देउती नागरिकका सञ्चालकहरुले जाहेरी दर्ता गरेका हुन् ।

बिहिबार विहान ७ बजे देउती यातायात नागरिक प्रा.लिद्धारा संचालित बा ४ ख ५३३० नम्बरका सह–चालकलाई मप यातायातका ८ जना कर्मचारीहरुले फिल्मी शैलिमा दुवै हात भाँचिने गरी कुटपिट गरेको, छाति र टाउकोमा गम्भिर चोट पु¥याएको जारी विज्ञप्तीमा उल्लेख छ ।

देउती नागरिक प्रालिका अध्यक्ष कमल खड्का ‘जुनि’का अनुसार सुर्खेतदेखि दैलेखको कुसापानीका लागि चालानी बुझेर जाँदै गरेको गाडीलाई फिल्मको शैलिमा चारै तिरबाट घेराबन्दी गरि गाडीमा रहेको यात्रुहरुलाई बाहिर निकालेर कुटपिट गरिएको थियो । सह–चालक सुर्यबहादुर खड्काले यात्रुहरुलाई किन बाहिर निकाल्नु भो भनि सोध्दा हात पात गरिएको अध्यक्ष खड्काको भनाई छ ।

सह–चालक खड्कालाई कुटपिट गर्ने मध्यपश्चि यातायात व्यवसायी संघ सुर्खेतका कर्मचारी विजय सुवेदी, पवन श्रेष्ठ, रवि मल्ल, रोशन भट्टराई, सन्तोष शाही, भिम शाही, हरि बटतौंला लगायतको विरुद्व जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गरिएको पनि उनले बताए ।

यस्तै देउती नागरिक यातयात प्रा.लि,  (बाँकी ३ पेजमा) काँक्रेविहार, मध्यपश्चिम ट्रक तथा टे्याक्टर, भेरी कर्णाली ट्रक तथा ट्ेयाक्टर,  नमस्ते सुर्खेत यातायात, बौद्ध यातायात, मध्यपश्चिम जीप तथा टेम्पो व्यवयासी संघ सुर्खेतले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । उनीहरुले दोषिलाई कडा कार्वाहीका माग राख्दै तत्काल कार्वाही नगरे कडा रुपमा उत्रिने चेतावनी दिएका छन ।