☰ open Loading... 23 February 2024|  

रिपोर्टर्स क्लवमा स्वागत तथा विदाई कार्यक्रम
  | ६ फाल्गुन २०७३, शुक्रबार १४:२३

दैलेख । रिपोर्टर्स क्लव दैलेखको आयोजनामा समरसुर गुल्ममा सरुवा भएका आएका गुल्मपती हरि विश्वकर्मालाई स्वागत गरिएको छ । कार्यक्रममा दैलेख स्थित गुल्मपती सुर्यकान्त घिमिरे र राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका राष्ट्रिय अनुसन्धान अधिकृत सुशान्त बराललाई विदाई समेत गरेको छ ।

कार्यक्रममा रिपोर्टर्स क्लवले विदाई तथा स्वागत कार्यक्रममा जिल्लामा रहि सैनिक नागरिक सम्वन्ध सुधारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै गुल्मपती घिमिरे र शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा डिएसपी बराललाई सम्मान समेत गरिएको छ । कार्यक्रममा जिल्लाका संचारकर्मीहरुले स्वागत तथा विदाई गरेका थिए ।

कार्यक्रममा क्लवका सल्लाहकार गोविन्ददेव भारती, अध्यक्ष गोविन्द केसी, उपाध्यक्ष अभिषेक अनुराग, सदस्य ज्योती कटुवाल, पत्रकार महासंघका उपाध्यक्ष चक्र केसी,  कोषाध्यक्ष कविराज विसी, पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, पुष्कर थापा लगायतले टिका तथा खादा ओडाएका थिए ।

रिपोर्टर्स क्लवको साक्षात्कार कक्षमा भएको कार्यक्रममा क्लवका सल्लाहकार तथा पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले पत्रकारहरुले सधै नागरिक समाजको भुमिका निर्वाह खेलेको उल्लेख गर्दै गुल्मपतीले मध्यपहाडी लोकमार्गमा खोल्न अतुलनिय भुमिका खेलेको र जिल्लामा सवैसंग आत्मियता पूर्वक शान्ति सुरक्षा योगदान दिएका अनुसन्धान अधिकृत बरालको भुमिकाबाट जिल्लाले सधै सम्झीरहने बताए । राम्रो कामको सधै सवैले सम्झिरहने छन् ।

कार्यक्रममा शर्माले भने, जहाँ गएपनि राम्रो सुन्न पाईयोस् । त्यस्तै कार्यक्रममा अनुसन्धान अधिकृत सुशान्त बरालले सवैसंग जिल्लामा रहदा दाजुभाईकै सम्बन्ध कायम रहेको बताए । समरसुर गुल्मका गुल्मपती सुर्यकान्त घिमिरेले सवैसंग समन्वयबाटै कामहरु गरेकाले निकै सहज भएको बताए ।

उनले जिल्लामा रहदा पंचकोशीको पुण्यले राम्रो भएको सधै सम्झिरहने बताए । सरुवा भएर आउनुभएका मेजर हरि विश्वकर्माले सवैसंग सहकार्य गरेर आफुले काम गर्ने बताए । कर्मचारी मिलन केन्द्र दैलेख पनि उहाँहरुलाई विहिवार स्वागत तथा विदाई कार्यक्रम गरेको  छ ।