☰ open Loading... 21 June 2024|  

शंकरचोकमा प्रहरी विट निर्माण
  | ८ फाल्गुन २०७३, आईतवार ०७:३६

सुर्खेत । वीरेन्द्रनगर–८ ईत्राम, शंकरचोकका स्थानीयले नयाँ प्रहरी विट निर्माण गरेका छन् । प्रहरीलाई डिउटी गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयले विभिन्न व्यक्ति र निकायबाट सहयोग संकलन गरी फलामे विट निर्माण गरेका हुन् ।

व्यक्तिहरुबाट संकलित ३१ हजार ३४ रुपैयाँ, वीरेन्द्रनगर नगरपालिकाको १५ हजार र पुरानो विटको सामान मिसाउँदा ९ हजार ४ सय ६५ रुपैयाँ बराबर गरी जम्मा ५६ हजार ३ सय ४० रुपैयाँ (बाँकी ३ पेजमा) लागतमा विट निर्माण गरिएको हो ।

‘झण्डै दुई वर्षदेखि प्रहरी विट बसेपनि साँघुरो र कच्ची विट भएकाले प्रहरीलाई डिउटी गर्न समस्या थियो,’ विट निर्माण समितिका सचिव लोकबहादुर नेपालीले भने, स्थानीयले सक्रियता देखाएपछि फलामे विट निर्माण गरिएको हो ।

अव प्रहरीलाई सहज हुनेछ ।’ पक्की विट निर्माण भएपनि प्रहरीलाई शौचालय र खानेपानीको भने समस्या रहेको उनले बताए । समितिले निर्माण सम्पन्न गरेपछि प्रहरी हवल्दार दिनेश भण्डारीलाई विटको तालाचाबी हस्तान्तरण गरेका छन् ।