☰ open Loading... 5 May 2024|  

बन्द फिर्ता लिन अपिल
  | १० फाल्गुन २०७३, मंगलवार ०८:३३

सुर्खेत ।  दोषीलाई कारवाहीको माग गर्दै युवा संघ नेपाल सुर्खेतले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिन अपिल गरिएको छ । जिल्लास्थित विभिन्न यातायात व्यवसायी संघले संयुक्त रुपमा पे्रस विज्ञप्ति निकाल्दै बन्द फिर्ता लिन अपिल गरेका हुन ।
केही समय अघि देउती नागरिक यातायात प्रा.लि.का कर्मचारीलाई कुटपिट गर्ने दोषीलाई कारवाहीको माग गर्दै संघले भोली (बुधबार) देखी सुर्खेत बन्दको घाेषणा गरेकाे छ ।

मध्यपश्चिम यातायात, कांक्रेविहार  यातायात, मध्यपश्चिम ट्रक तथा ट्रेक्टर व्यवसायी संघ,  बौद्ध यातायात व्यवसायी संघ, म.प. जिप टेम्पो यातायात संघ, भेरी कर्णाली ट्रक तथा ट्रेक्टर व्यवसायी, सुर्खेत बुलबुले यातायात प्रा.लि र नमस्ते सुर्खेत यातायात प्रा.लि संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै युवा संघ नेपाल सुर्खेतले लिएको अविवेकी र अशोभनीय कार्य प्रति घोर भत्र्सना गर्दै बन्द फिर्ता लिन माग गरेको छ ।  बन्दको समयमा अन्यथा कारणबाट सिर्जित परिमाणको भागिदार स्वय युवा संघ लिनुपर्ने चेतावनी उनीहरुको छ ।

याे पनि पढ्नुस् : सुर्खेत बन्दको आह्वान