☰ open Loading... 23 February 2024|  

भारतमा एक नेपाली मृत भेटिए
  | १३ फाल्गुन २०७३, शुक्रबार १८:४०

भारतको पिथौरागढ जिल्लाको धारचुलामा शुक्रबार बिहान एक नेपाली मृत फेला परेको छ । मानसरोवर सडक खण्डको निङलपानी नजिक धारी(३ का ४० वर्षीय चन्द्रसिंह कुँवर टाउकोमा चोट लागेको अवस्थामा सडकमा फेला परेको स्थानीयले बताएका छन् ।

मृतक कुँवरको टाउकोमा गम्भीर चोट लागेकाले नाक र कानबाट रगत बगिरहेको अवस्थामा फेला परेको धारीका स्थानीय नरेन्द्रसिंह कुँवरले जानकारी दिए ।

उनको शव दिउँसोसम्म धारचुलास्थित स्वास्थ्य केन्द्रमा राखे पनि कुँवरका आफन्त पुगेपछि शवको पोस्टमार्टम नगरी शव बुझिसकेको छ । कुँवर दैनिक ज्यालादारीमा काम गरेर घरधन्दा चलाउँदै आएका थिए । महाशिवरात्रीको खर्चको जोहो गर्न उनी ४ दिनअघि घरबाट निस्केको आफन्तले बताएका छन् ।