☰ open Loading... 19 June 2024|  

सीटी बसपार्कको काम ७० प्रतिशत सम्पन्न
  | १४ फाल्गुन २०७३, शनिबार ०९:०७

बैशाखदेखी सञ्चालनमा आउने

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरमा निर्माणाधिन सिटी बसपार्क आगामी बैशाख मसान्तसम्ममा सञ्चालनमा आउने भएको छ । बसपार्क निर्माण कार्य सुरु भएको ११ महिनामा करिव ७०  प्रतिशत काम सम्पन्न भएपछि अवको दुई महिना भित्र निर्माण व्यवसायीले काम सम्पन्न गरेर वीरेन्द्रनगर नगरपालिका हस्तान्तरण गर्नेछ ।


निर्माणको जिम्मा पाएको चाङ्गमीला नरसिंह÷जे.भी दार्चुलाले बसपार्र्क निर्माणको कार्य अन्तिम चरणमा पु¥याएको वीरेन्द्रनगर नगरपलिकाका बरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले जानकरी दिए । उनले केही दिन अघिमात्रै अस्थायी टहरा, गार्डेन निर्माण र वाल निर्माणको कार्य सम्पन्न गरेको पनि बताए ।

निर्माण व्यवासयीले बसपार्क भित्रै सुविधा सम्पन्न शौचालयको निर्माणको काम पनि सम्पन्न गरेको छ । चाङ्गमीला नरसिंह÷जे.भी कम्पनीले हाल सम्म ५६ ओटा अस्थायी टहरा (सटर)  निर्माण गरिसकेको छ । बाँकि रहेका काम पनि अवको दुई महिनामा सम्पन्न गर्ने अपेक्षा बरिष्ठ ईन्जिनियर शाहीको छ ।

निर्माण कम्पनीले हाल बसपार्क भित्र टिकट काउन्टरको भवन निर्माण गरिरहेको छ । शाहीका अनुसार टिकट काउन्टरको काम सकिने बित्तिकै अवको एक दुई दिनमा पिच (कालोपत्रे) को काम अगाडी बढाईने छ ।

नगरपालिकाले तोकेको समयमै काम अघि बढेको चाङ्गमीला नरसिंह÷जे.भी दार्चुलाका नरसिंह धामीले जानकारी दिए । उनले काममा ढिलाई नभएको निर्माण कार्य दुत्र गतिमा अघि बढिरहेको बताए ।

चाङ्गमीला नरसिंह÷जे.भीले १५ महिनामा बसपार्क निर्माण गरेर वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाएको थियो । गत वर्ष फागुन अन्तिम सातादेखी शुरु भएको सिटी बसपार्कमा अबको दुई महिना भित्रै गाडीहरु राख्न सकिने उनको भनाई छ ।

सीटी वसपार्क निर्माण सुरु भएदेखी हालसम्म कुनै अवरोध नभएकाले तोकिएको समयमा काम सम्पन्न हुने आशा उनको छ । काम अन्तिम चरणमा पुगेकाले अन्य कारणले बसपार्क निर्माणमा कुनै अवरोध नआउने अपेक्षा उनको छ । बसपार्क निर्माणका लागि ठेक्का सम्झौता गत माघमा नगर विकास समितिसँग भएको थियो ।

नगर विकास समितिले २८ जनवरीमा वीरेन्द्रनगर नगरपालिकालाई निर्माणको निर्देशन अनुसार काम अघि बढाएको हो । बसपार्कको निर्माणका लागि चाङ्गमीला नरसिंह÷जे.भी दार्चुला संग ६ करोड ८३ लाखमा वीरेन्द्रनगर नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

वसपार्कलाई व्यवस्थापन गर्न बसपार्क क्षेत्रमा करिव ५४ अस्थायी पसल निर्माण भएका छन । यस्तै बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, यात्रुका लागि छुट्टाछुट्टै शौचालय, २ वटा गेट निर्माण हुनेछन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सीटी बसपार्क निर्माण भएको खण्डमा ट्राफिक व्यवस्थापनमा सहजता हुने बताएको छ ।

हाल बसपार्क नहुँदा स्थानीय मंगलगढी चौकमा अस्तव्यस्त रुपमा अस्थायी बसपार्क सञ्चालन भइरहेको छ । बढ्दो सवारी साधनले वीरेन्द्रनगर प्रवेशद्वार अस्तव्यस्त हुँदा यातायात व्यवस्थापनमा ट्राफिकलाई सास्ती हुने गरेको छ । व्यवस्थित बसपार्क नहुदाँ पैदल यात्रुहरुलाई निकै  आवतजावतमा समेत सास्ती भोग्नु गरेको छ ।

हाल सञ्चालन भएको बसपार्कमा प्रयाप्त ठाउँ नहुँदा अव्यवस्थित रुपमा व्यवसायीहरुले टिकउ काउण्टर राखि यातायात संचालन गर्नु परेको जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमख देवबहादु विष्टलेृ जानकारी दिए । उनले निर्माणाधिन बसपार्क संचालनमा आएमा छरिए रहेका यातायात व्यवसायीहरु बसपार्कमै जाने र ट्राफिक व्यवस्थापनमा सहजता आउने बताए ।

आगामी बैशाखमा सीटि बसपार्क संचालनमा आउने भएपछि सुर्खेतका यातायात व्यवसायीहरु खुसी भएका छन् । बसपार्क सञ्चालनमा आउनु खुसीको कुरो भएको बताएका उनीहरुले नयाँ बसपार्कमा पनि प्रयाप्त नहुने बताउँछन्  । हाल मध्यपश्चिम यातायात र  कांक्रेविवाह यातायात व्यवसायी संघहरु हाल मंगलगढी चौक देखि भित्र पट्टीको उपत्यका नगर विकास समितिको जग्गाका बसपार्कको रुपमा संचालन गरिरहेका छन् भने सुर्खेत–बुलबुले, देउती नागरिक लगायतका व्यवसायीहरु मंगलगढी चौकबाट सेवा दिइरहेका छन् ।