☰ open Loading... 15 June 2024|  

निजामति कर्मचारी संघ सुर्खेतको अध्यक्ष बुढा
  | १६ फाल्गुन २०७३, सोमबार १७:०३

सुर्खेत । नेपाल निजामति कर्मचारी युनियन संघ सुर्खेतको अध्यक्षमा राजेशकुमार बुढा निर्वाचित भएका छन् । संघ सोमबार सम्पन्न सातौ जिल्ला अधिवेसनले वुढा को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।


अधिवेसनले खुला उपाध्यक्षमा रत्नप्रसाद सुवेदी, महिला उपाध्यक्षमा कृष्णाकुमारी शाही, समावेसी उपाध्यक्षमा बीरबहादुर थापा मगर,सचिवमा मेघनाथ सापकोटा, सहसचिवमा टोपलाल चपाई र कोषाध्यक्षमा किरणकुमार थापालाई चयन गरेको छ ।

यस्तै १५ सदसिय जिल्ला कार्यसमितिको सदस्यमा रामप्रसाद लामिछाने, रामबहादुर बुढा, उमेशकेशर खनाल, शिशिर कुमार खड्का, कृष्णप्रसाद देवकोटा, यशोदाकुमारी शर्मा, अस्मिता थापा र उमादत्त भण्डारी रहनु भएको छ ।

अधिवेसनले गणेशकुमार थापा, नृपजंग शाही, काशीराम भट्टराई, बखतबहादुर शाही र खगेन्द्रप्रसाद आचार्यलाई केन्द्रिय प्रतिनिधी चयन गरेको निर्वाचन समितिका सदस्य खेमराज उपाध्यायले जानकारी दिए ।