☰ open Loading... 1 May 2024|  

कानुन व्यवसायी संगठनको अध्यक्षमा हमाल निर्वाचित
  | १६ फाल्गुन २०७३, सोमबार १८:३२

सुर्खेत । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पी.पी.एल.ए) नेपालको दोस्रो जिल्ला अधिवेसन सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णबहादुर हमालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।


कार्यसमितिको उपाध्यक्षमा नन्दबहादुर भण्डारी, सचिवमा नारायणनाथ योगी र गिता कोइराला र कोषाध्यक्षमा रत्न बहादुर भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वीरेन्द्रकुमार थापा, रुद्र पोखरेल, डम्मर सिजाली र राम बहादुर भण्डारी चयन भएका छन् ।

कार्यक्रममा प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले अन्यायमा परेकाहरुका लागि प्रगतिशिल पेशागत कानून व्यवसायी संगठन न्याय दिलाउनका लागि सधै तयार रहेको बताए ।

संगठनले हालसम्म पार्टी निकट भन्दा पनि माथि उठेर पीडितलाई निष्पक्ष न्याय दिलाउने कार्यमा सरिक भएको दावी गरे ।

संबिधान कार्यान्वयनमा देखीएका समस्याका बिषयमा छलफल गरि निकास निकाल्ने जिम्मा कानुन ब्यबसायीहरुको भएको पनि उनले बताए । यस्तै कार्यक्रममा उच्च अदालत बार एशोसिएनका अध्यक्ष विविसकुमार वस्नेतले कानून व्यवसायीहरु बौद्धिक क्षमता भएको संगठन भएको बताए । उनले पार्टीले कानून व्यवसायीलाई निर्र्देशत गरेर संचालन गर्ने कि कानून व्यवसायीले पार्टीलाई निर्देशित गर्ने हो, छलफको विषय बन्नु पर्ने तर्क राखेका थिए ।

प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपाल सुर्खेतका अध्यक्ष कृष्णबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्रराज शर्मा, पी.पी.एल.ए बर्दियाका अध्यक्ष शोमनाथ शर्मा, दैलेखका अध्यक्ष सुरेन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।