☰ open Loading... 19 September 2024|  

सुर्खेत क्याम्पस शिक्षामा स्ववियु मतदान अझै शुरु भएन
  | १८ फाल्गुन २०७३, बुधबार ०८:३४

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज (बुधबार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । करिव ८ वर्षपछि रिक्त रहेका स्ववियु पदाधिकारीहरुको आज (बुधबार) हुने निर्वाचनले टुङ्गो लगाउँदैछ ।

मतदान विहान ७ बजेबाट शुरु हुने भनिएपछि क्याम्पस शिक्षामा ८ः३० हुँदा मतदान शुरु हुन सकेको छैन । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ ।

सुर्खेतमा रहेका त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सात क्याम्पस मध्य अमरदीप क्याम्पस बाहेक बाँकी ७ क्याम्पसमा आज मतदान हुँदैछ । नेवारेमा रहेको अमर दीप क्याम्पसमा सोमबार मात्रै र्निविरोध निर्वाचित पदाधिकारी घोषणा गरिसकेको छ ।

निर्वाचन हुने क्याम्पसहरुमा सुर्खेत क्याम्पस शिक्षा, जनता बहुमुखी क्याम्पस विद्यापुर, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्भाकोट बहुमुखी क्याम्पस सहारे, भेरी शिक्षा क्याम्पस गुमी र हिमशिखर बहुमुखी क्याम्पस रामघाट रहेका छन् ।

यसैविच सुर्खेत शिक्षा क्याम्पसमा सातवटा विद्यार्थी संघ–संगठनहरु   चुनावमा सहभागीता जनाएका छन् । १० स्वतन्त्र विद्यार्थी युनियन पदाधिकारी लागि ५९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सुर्खेत क्याम्पस शिक्षामा एक हजार ८५७ जना मतदाता छन् । मतदान साँझ ५ बजे सम्पन्न हुने स्ववियु निर्वाचन समितिका अधिकृत दिपक सापकोटाले जानकारी दिए । उनका अनुसार मतदान सम्पन्न भएपछि आजै साँझबाट मतगणना शुरु हुनेछ ।