☰ open Loading... 19 May 2024|  

‘क्षेत्रीय अस्पताललाई स्वास्थ्य सम्बन्धी पर्यटकीय स्थल बनाउछु’
  | १८ फाल्गुन २०७३, बुधबार ०८:४६

  मैले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्षमा नेपाल सरकारले मलाई नियुक्त गरेपछि थुप्रै कामहरु गरेको छ । शुरुमा मैले अध्यक्षको जिम्मेवारी पाएपछि अस्पतालको बारेमा अध्ययन गरेर योजनावद्ध तरिकाले अघि बढेको छु । अव्यस्थित र सेवामा गुणस्तर नभएको पाएपछि नयाँ भवनमा सेवा विस्तार गर्न विशेष पहल थालेर सञ्चालनमा ल्याए ।मेरो काम गर्ने शैलीले अस्पतालमा कार्यरत कर्मचारीहरुले साथ र सहयोग समेत गर्नुभयो । यति मात्र हैन क्षेत्रीय अस्पतालमा जिल्ला अस्पतालले दिनु पर्ने जति सेवा समेत थिएनन् ।

चौतर्फी सवैबाट अस्पतालको सेवा विस्तारमा लाग्नु प¥यो भन्ने सुझाव आएका थिए । सवैको सुझावका आधारमा मैले काम गरे । जनताको चाहाना अनुरुप मैले नयाँ भवनमा थप सार्न लगाए । अपूरै रहेको भवनमा थप काम गरेर अस्पतालका थप सेवाहरु तल सारेको हुँ ।

म अस्पतालमा छिर्दा अस्पतालको वातावरण दुषित थियो, सुत्केरी कक्षमा उडुस थिए, विरामी कुरुवा त परै जाहोस् विरामीलाई राख्ने वेडको नै अभाव थियो । सेवामा गुणस्तर कायम गर्न तत्कालिन मेसु र म गएर भवन डिभिजन कार्यालयमा छलफल चलायौं । मिटिङ पश्चात तल्लो भवनमा सर्नका लागि अभाव पुर्वाधारहरु पूर्ति गर्न लगायौं । हाल सञ्चालनरत छ । दोश्रो चरणमा प्रधानमन्त्री केपी शर्मा ओली मध्यपश्चिमाञ्ल विश्वविद्यालयको शिलान्यास गर्न आउने मौका पारेर प्रधानमन्त्रीले अस्पताललाई आधा घण्टा जति समय दिनुपर्छु भन्ने अनुरोध गरेका थियौं ।

यो पनि पढ्नुस् थपिदै क्षेत्रीय अस्पतालमा सेवा

त्यो अनुरोध प्रधानमन्त्रीले स्वीकार गर्नुभयो । कुनैपनी संगठन संचालन हुन तीन वटा चिज आवश्यक पर्छ त्यो हो पहिलो भौतिक संरचना, दोस्रो कर्मचारी संगठन र  तेस्रो आवश्यक स्रोत साधनहरु । अस्पताल संचालनका लागि नियमावलीको आवयश्यता पर्छ । हाल सरकारले कर्मचारी निमावलीलाई स्विकृत नगरेको जानकारी दिएको छ । कर्मचारी निमावली नहुदाँ कर्मचारी व्यवस्थापनमा चुनौति भने देखियो छ । हाल फिस्टुला रोगका लागि नयाँ भवन बन्दै छ ।

विगतमा क्षेत्रीय अस्पताल ५० वेडको जिल्ला अस्पताल हो । नामको मात्र क्षेत्रीय अस्पताल सेवा सुविधामा भने जिल्ला अस्पतालकै बराबर सरकारले दिने गरेको थियो । क्षेत्रीय अस्पताल विकास समिति आईसकेपछि मात्र अस्पतालको सेवा सुविधा थप गरिएको हो । अस्पताकाले विकासको लागि दुई ओटा भवनको आइ एस सु र एन.एस. सु सेवा सुधार गर्ने र उद्घाटन गरिने कार्यक्रम तय गरेको छ ।

आफु यहाँ आउदाँ कर्मचारी निमावली  थिएन ।  पहिलो बैठकले कर्मचारी निमावली मस्यौदा तयार गरेर दोश्रो बैठकले पास गरेको छ । हामीले मस्यौदा मन्त्रालयमा पठाएका छौं मन्त्रालयले कर्मचारी निमावलि पास नगरिदिँदा कर्मचारी व्यवस्थापनमा केही समस्या भने झेल्नु परेको छ । विगतमा डाक्टरहरुको कमी थियो म अस्पताल विकास समितिमा आउने वितिकै यहाँ प्राविधिक डाक्टरहरुलाई समितिले नियुक्त गरेको छ ।

अस्पतालको विकासका लागि पुराना भवनहरुमा टायल लगाउने, नयाँ भवनलाई व्यवस्थित बनाउने काम पति दुत्र गतिमा सम्पन्न ग¥यौं । केही समयमै निर्माण हुन लागेको भवन सम्पन्न भएमा क्षेत्रीय अस्पताल पूर्ण रुपमा ३ सय ५० वेडको हुनेछ । निर्माण कम्पनीले दुई वर्ष भित्र नै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले अबको तीन वर्ष भित्र सुर्खेत जिल्ला स्वास्थ्य सम्बन्धी पर्यटकिय स्थल बनाउने कार्यमा लागि रहेको छु ।

निर्माण हुन लागेको भवनको डिजाइन विदेशी कन्स्ट्रक्सनलाई राखेर अत्याधुनिक तथा नयाँ टेक्नोलोजीको प्रयोग गरेर डिजाइन गरिएको हो । अस्पतामा पुग्नका लागि अपाङ्ग मैत्री बाटो निर्माण गरेका छौं । अवको दुई तीन महिनाको अन्तरालमा क्षेत्रीय अस्पताललाई शिक्षण अस्पालको रुपमा लैजाने योजना बनाएका छौं । अन्त्यमा मध्यपश्चिम क्षेत्रीय अस्पतालको विकास लागि सवै पक्षको भूमिका उत्तिकै रहेकाले आगामी दिनमा व्यवस्थित र सुविधा सम्पन्न अस्पताल बनाउन सवै पक्षसंग सहयोगको अपेक्षा राख्दछौं ।