☰ open Loading... 15 October 2024|  

अखिल क्रान्तिकारीको धम्कीले सुर्खेत क्याम्पस शिक्षामा मतगणना भएन
  | १९ फाल्गुन २०७३, बिहीबार १७:१४

सुर्खेत । मतदान भएको एक दिन वित्दा समेत सुर्खेत क्याम्पस शिक्षाको मतगणना अझै शुरु हुन सकेको छैन् । तर मत गणना शुरु नहुनुको मुख्य कारण नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव खेमबहादुर सिंहले क्याम्पस प्रमुखलाई ज्यान मार्ने धम्की दिएकाले गणना शुरु नसकेको प्रतिक्रिया निर्वाचन समितिले जानकारी दिएको छ ।

‘हिजो (बुधबार) राती क्रान्तिकारी सम्वन्ध खेमबहादुर सिंहले धम्की दिएकाले मतगणना शुरु हुन नसकेको हो’ सुर्खेत क्याम्पस शिक्षाका एक कर्मचारीले भने,–‘मत गणना शुरु गर्ने विषयमा छलफल जारी रहेकाले सम्भवत् बिहिबार रातीबाट मतगणना कार्य शुरु हुन्छ होला ।’
क्याम्पसले जारी गरेको विज्ञप्ती


यता, यता, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव खेमबहादुर सिंहले आफूले धम्की नदिई मतदान सम्पन्न भएपछि तत्कालै मतगणना शुरु गर्न माग मात्रै गरेको बताए । पश्चिम नेपालसंग कुरा गर्दै सिंहले मतदान सम्पन्न भएपछि बुधबार राती ९ बजे आफूले क्याम्पस प्रमुखलाई तत्काल मतगणना प्रक्रिया अगाडी बढाउन आग्रह गरेको बताए । तर सिंहले कर्मचारी संघ क्याम्पस ईकाइ समितिले कपोकल्पित विज्ञप्ती जारी गरेकोमा खेद प्रकट गरे ।