☰ open Loading... 21 June 2024|  

टोल टोलमा खानेपानीका धारा निर्माण हुँदा पाल्तपानीबासीमा खुसीयाली
  | २० फाल्गुन २०७३, शुक्रबार १०:३९

दैलेख । पिपलकोट गाविसको दुर्गम गाँउ पाल्तपानीमा केही समयअघि खानेपानीको हाहाकारले स्थानीयहरुलाई कम्ति सास्ती हुँर्थेन् । पानी कै लागि विहानै झुसमुसेदेखी राती अवेरसम्म पाल्तपानीका स्थानीयहरु भोतारिनु पर्दथ्यो । तर, अहिले उनीहरुका लागि त्यस्तो दुःखको दिन सम्झनामा मात्र सिमित छ । गाँउमै खानेपानी योजनाबाट टोलटोलमा धाराहरु निर्माण छन् । विहान साँझ धाराहरुमा पानी आईरहन्छ । दुई घण्टासम्म लगाएर पानी ल्याएका स्थानीयहरु घर अगाडीबाटै सहज पानी भर्छन् । पानीको दुःख हटेपछि अधिकाँश जनजाती रहेको पाल्तपानीबासीहरुमा खुसीयाली समेत छाएको छ ।


लामो समयदेखी उनीहरुले खानेपानी आयोजना मागका लागि विभिन्न निकायमा पहल बारम्वार गरे तर, पहूँच र शक्तिका भरमा बजेट बाडफाँड र योजना कार्यान्वयन हुने हाम्रो योजना तर्जुमा प्रक्रियामा ती दलित र जनजातिले उठाएका सवाल कहिल्यै पनि प्राथमिकता परेनन् । ‘नेतादेखी कर्मचारीसम्मलाई आफ्ना दुख पोख्ने देखी माग पत्रसम्म दिदा समेत बास्ता भएन् ।’ पाल्तपानी खानेपानी समितिका अध्यक्ष प्रेमबहादुर बुढामगरले भने, ‘गाँउमै गठन भएको सामुदायिक संस्थालाई आफ्ना दुखेसो राखेपछि खानेपानी सहज भयो ।’ यहाँ  २६ जनजाति र २ दलित घरधुरी छन् ।

सामुदायीक संस्थाको भेलाले योजना माग गर्ने निर्णय ग¥यो । विगत लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका पाल्तपानीवासीले गरिवी निवारण कोषबाट प्राप्त ९ लाख ७४ हजार १ सय ४७, गाँउ विकास समितिको ९१ हजार ७ सय ५९, जनश्रमदान  ४ लाख ७८ हजार ७ सय ७२ मा योजना सम्पन्न भएको जनाईएको छ । योजना अन्तर्गत २८ धारा निर्माण गरियको सामाजिक परिचाक अविलाल जैसीले बताए । खानेपानीसंगै अहिले पाल्तपानीमा सरसफाईमा पनि ध्यान दिईएको पाल्तपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर बुढा मगरले बताए ।

घरमै धारा जोडिएसंगै पाल्पपानीका स्थानीयहरुमा खुसीयाली छाएको छ । पानीको दुःखले गाँउले सवैले योजनामा जनश्रमदान गरेको अध्यक्ष बुढाले बताए । ‘हाम्रो योजना अरु कोही आएर बनाईदिने होइन् ।’ समितिको कोषाध्यक्ष देउरुपा बुढा मगर भन्छिन् सबै मिलेर काम पनि ग¥यौ र पैसा पनि बाँडेर लियौं ।’

गर्भवती महिलाहरुले टाढा बाट गाग्रीमा पानी बोकेर ल्याउदा गर्भ खस्ने, आमाको ज्यान जोखिममा हुने लगायतका समस्याले पिडित थिए । अब टाढाबाट पानी बोक्नु नपर्दा त्यस्ता समस्याबाट आमाहरु मुक्त भएको बुढाले बताईन् । उनी अगाडी भन्छिन् घर आगनमै प्रशस्त पानी हुदाँ अहिले घरघरमा तरकारी खेतीको सुरुवात भएको छ । घर आगनहरु पनि सफा हुन थालेका छन् ।

पानीको अभावमा शौचालय प्रयोग नगर्ने समुदाय अहिले शौचालय प्रयोग गर्न शुरुवात गरेका छन् । स्थानीयहरुले योजनालाई दिगो राख्नका लागि मर्मत सम्भार कोषको स्थापना गरी उक्त कोषमा केही रकम वचत गरेका छन् । आयोजनालाई दिगो बनाउन १ जना चौकीदारको व्यवस्था गरेका छन् । योजनास्थलमा होर्डिङ्ग बोर्ड राखिएको छ । उनीहरुले पारदर्शीका लागि गाँउकै विचमा कति बजेट कहाँबाट आयो सबै विवरण प्रष्ट सँग देख्ने गरि राखेका छन् ।