☰ open Loading... 18 May 2024|  

हत्या गरेको आरोपमा तीन जना पक्राउ
  | २० फाल्गुन २०७३, शुक्रबार १०:४९

बैतडी । मलेसियाबाट मजदुरी गरी घर फर्किरहेका दार्चुला अपी नगरपालिका–१० बाँझका गणेश सिंह महराको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपालिका–१० बाँझका २२ वर्षीय नरेन्द्रसिंह महरा, १८ वर्षीय भवानसिंह महरा र २४ वर्षीय शेरसिंह महरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिए । सोमबार मलेसियाबाट घर फर्केका गणेश दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए ।

मृतक गणेशका आमा कुटनी महराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दार्चुला सदरमुकाममा फागुन १६ गते साँझ गणेशसँगै मादकपदार्थ सेवन गरी सँगै घरतिर लागेका बताइएको छ ।

सँगै घर फर्केका उनीहरुमध्ये गणेश फागुन १६ गते राति १२ बजे दार्चुला सदरमुकाम नजिकै मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

हत्या आरोपमा पक्राउ
मजदुुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिएका छन् ।

“बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो”, उनले भने, “भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा शव फेला परेको हो ।”

भारतमा सडक मजदुरका रुपमा काम गर्दै आएका धानुक बुधबार घर फर्किंदै गरेका थिए । मृतकको शव ल्याउने तयारी भएको प्रहरीले बताएको छ ।