☰ open Loading... 3 December 2024|  

दुई विद्यालयलाई ३२ लाख सहयोग
  | २४ फाल्गुन २०७३, मंगलवार ०६:१७

सुर्खेत । बाढी पहिरोबाट क्षतीग्रस्त भएका सुर्खेत दुई विद्यालयलाई कोपिला भ्याली सेवा समाजले आर्थिक सहयोग गरेको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कोपिला भ्याली सेवा समाज सुर्खेतका अध्यक्ष टोप बहादुर मल्लले लेखपराजुलको थर्मुसेमा रहेको नेपाल राष्ट्रिय जनज्योति माध्यामिक विद्यालय र वीरेन्द्रनगर–१५ पर्सेनीको कोपिला भ्याली माध्यामिक विद्यालयलाई ३२ लाखको आर्थिक सहयोग गरेको हो ।

थर्मुसे विद्यालयलाई फर्निचर खरिदका लागि दुई लाख र पर्सेनीको विद्यालयलाई भवन निर्माणका लागि ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ  । चेक हस्तान्तरण गर्दै कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले शिक्षा क्षेत्रको विकासका लागि अति कमजोर र अनुगमनका आधारमा सहयोग रकम दिएको बताएका छन् ।

हस्तान्तरण गरिएको चेक बुझ्दै कोपिला माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र जंग शाहीले सरकारी निकायबाट भवन निर्माणका लागि वेवास्ता गरिएपनि यो सहयोगबाट आफुहरुले अत्यन्त पारदर्शिताका साथ नयाँ भवन निर्माण गरिने प्रतिवद्धता जनाएका छन् ।

नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यायल थर्मुसेका सहायक प्रध्यानाध्यापक पूर्ण बहादुर शाहीले २०७२÷०७३ को लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतबाट भवन निर्माणको लागि आएको रकमबाट आफुहरुले अहिले विद्यालयको भवन निर्माण गर्न थालेको बताए । उनले भवन निर्माणको काम सम्पन्न भए लगत्तै दुई लाख रुपैयाँले फर्निचर खरिदमा खर्च गर्ने जानकारी दिए ।